संघर्षको अर्को नाम रहेछ जिन्दगी! केहि पाउनु र गुमाउनुको नाम रहेछ जिन्दगी!

स्कटनेपाल,
बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार, समाजसेवी जानकी पन्त बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

पन्त लेख्नु हुन्छ : जीबनमा उर्जा र जिम्बेवारी दुवै थपिएको छ! जीबन सफल गर्न लाइ, केहि बन्न लाइ फेरि एक मौका मिलेको छ! जिन्दगीले धेरै पाठ सिकाएको छ। कोरोनाले धेरै पाठ सिकाएको छ! समय थोरै छ, जीबनमा धेरै गर्नु छ साथमा जिउनुको आनन्द पनि लिनु छ!

संघर्षको अर्को नाम रहेछ जिन्दगी! केहि पाउनु र गुमाउनुको नाम रहेछ जिन्दगी!जीबन मा सबै भोगेर बाच्नुको नाम रहेछ जिन्दगी! जस्ले दुख र संघर्ष लाइ जितेर जीउन सक्छ त्यसकै नाम रहेछ जीन्दगी! त्यसैले, जिन्दगी लाइ जति नजिग बाट बुझ्यो त्यति मज्जा छ जिउनुमा।

हाम्रो जीबन नितान्त हाम्रो हो यसलाई राम्रो या नराम्रो बनाउने हाम्रै हातमा छ! यस सुन्दर सृष्टीमा रहेर जीबन लाई आनन्दित र सुगन्धित बनाउन जरुरि छ! हर एक दिन यहाँ जीबन उत्सब मनाउन जरुरि छ!

संसारमा कुनै पनि चिज पूर्ण छैन! हामी सबैभित्र कमि कमजोरी हरु अबस्य हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो।

अन्तमा, फुले पछी त झर्नै पर्छ, माथि पुगे पछि तल ओर्लिनै पर्छ! काडै काडामा भएपनि जिन्दगी जीउनै पर्छ! यहिनै जीवनको जीत हो! यहि नै जीवनको रित हो! सुख त केवल पहुना हो, दु:ख नै जीवनको अनन्त यात्रा हो! मिलन त केवल क्षणिक हो, बिछोड नै जीवनको यथार्तता हो! किनकी सासको डोरी कुनै बेला पनि टुट्न सक्छ, बिछोड कुनै पल पनि आउँन सक्छ!

अन्तमा, सबैको जीबनमा प्रेम र आनन्दको दीप स्वयं बाट जलोस! सबैको जीबन आफैबाट उत्प्रेरित र उत्साहित होस् र यसले अरुलाई पनि प्रेरित गरोस ! सबैको हृदयमा दया माया, क्षमा र करुणाको भाव जागीरहोस! धन्यबाद, सबैमा शुभ दिनको कामना ।