के राजा ज्ञानेन्द्र शाहले आफ्नो भौतिक शरीर बलिदान गर्ने हिम्मत गरी बक्सिन्छ, देशको लागि ?

के राजा ज्ञानेन्द्र शाहले आफ्नो भौतिक शरीर बलिदान गर्ने हिम्मत गरी बक्सिन्छ, देशको लागि ?

१. इतिहासमा नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको समृद्धिको लागि भनेर थुप्रै वीर नेपालीहरुले आफ्नो जीवनको आहुति दिएका छन् । जाना जान आफूलाई बलिदानी दिएका छन् ।

२. राजा ज्ञानेन्द्र वीर विक्रम शाह देवलाई पनि यो देशको माटो तथा नेपाली जनताको चिन्ता छ भने, आफूलाई क्रमश त्यो दिशामा तयार गर्नु पर्ने अबस्था आउन सक्छ ।

३. बाँचिएछ भने, यो उमेरमा आएर नाफाको जीवन सम्झेर देशको नेतृत्व गर्न सकिन्छ । पाइन्छ । विदेशीहरूको षड्यन्त्र स्वरूप राजा वीरेन्द्रलाई जसरी कत्लेआम गरियो भने, देशको एउटा महान शहीदको रूपमा मृत्यु बरण हुने छ ।

४. तर “महान शहीद” को रूपमा अर्थात् हिमाल घर्के सरी मृत्यु बरण गर्नको लागि, “आफू देश र जनताको निम्ति नेतृत्व लिन तयार रहेको घोषणा ” पहिला नै गरिसकेको हुनु पर्छ। अन्यथा आन्दोलनकारीहरुलाई धोका हुन सक्छ, अफगानिस्तान मा जस्तै ।

५. हेरौं के गरी बक्सन्छ महाराज ले ! कफन बाँधेर औपचारिक रूपमा घोषणा गर्ने ? वा मठ मन्दिर धाएर, खेलौना राजसंस्थाको लागि देवी देवताको भाकल गर्ने ?
अस्तु ।
ए पोख्रेल ।