ओलीले बोल्दा प्रचण्ड हाँसे पछि, ओलीले रिसाउदै भने किन हाँसेको ? नेकपाको विवाद के हुदैछ ? हेर्नुहोस मंसिर १७ गतेका मुख्य समाचारहरु

अध्यक्ष ओलीले बैठक सुरु भएको बताए । र, कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै आजको एजेण्डाचाहिँ के हो नि ? भनेर प्रश्न गरे ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए । तर, ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने मंसिर १३ कै भनाइ दोहोर्‍याए ।बैठकको सुरुमा केहीबेर बोलेका ओलीले प्रचण्डले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भने । उनले त्यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । त्यो देखेपछि आक्रोशित बनेका ओलीले भने, ‘किन हाँसेको ? म गम्भीर कुरा गरिरहेको छु ।’

त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोले । अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरेर निष्कर्षमा पुग्न चाहेको प्रचण्डले बैठकमा बताए । उनले यसो भनिरहँदा अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गरे । जे मन लाग्यो त्यही बोल्ने ? भन्दै उनी प्रचण्डमाथि खनिए । हेर्नुहोस मंसिर १७ गतेका मुख्य समाचारहरु |