भोट दिदा नयाँ चिन्ह खोजौं र देश बनाउने युवा रोजौं – ज्वाला संग्रौंला

काठमाडौं । सामाजिक क्षेत्रमा सदैव कटिबद्ध तरिकाले दह्रो लाग्ने र खह्रो लेख्ने सामाजिक अभियान्ता ज्वाला संग्रौंलाले हरेक समय फरक – फरक विषयमा आवाजहरु दरिलो तरिकाले बुलन्द गर्दै आएकी छिन्। सामाजिक संजाल मार्फत उनका लेख हरुले निकैनै लाइक र शेयर पाई रहेका हुन्छन ।उनी समाजसेवामा पनि उत्तिकै लागि परेकी छिन् । कयौंलाई आर्थिक सहयोग गरेकी छिन् त कयौं अभियानहरु चलाई धेरैलाई खुशी दिलाई पुण्य कमाएकी छिन् ।

संग्रौंलाले लेख्दै भनेकी छिन् ,”-धनी बर्गका ब्याक्तिहरुले पनि यो बुझ्नुहोस कि,तल्लो बर्गको अवस्था सुधार भएर आम्दानी बढनु भनेको तपाईको ब्यापारिक कारोबार वृद्धि हुनु हो,तपाईलाई तल पार्नु होइन।चिल्ला गाडी घोडा खरिद गरेर जब खाल्डामाथी घिसार्नुपर्छ भने त्यसमा के मजा? त्यो कस्तो बिलासिता?राजनैतिक दललाई अबैध चन्दा दिएर लुकिलुकि ब्यापार गर्नुभन्दा खुलेआम इमानको ब्यापार गरेर राज्यलाई कर तिर्ने ब्यापारी चाहिएको हो नि यो देशमा! ”

उनीले सामाजिक संजालमा लेख्दै यस्तो भनेकी छिन् ,हेर्नुहोस:

“अहिले हामीलाई यो तन्त्र त्यो तन्त्र भन्दापनि नैतिकता र इमानदारिता भएको,देशमा गरिब र मध्यम बर्गिय परिवारको अवस्था परिवर्तनमा उल्लेख्य भुमिका र ब्यबहारिकता निभाउन सक्ने खालको दुरदर्शी र जनहितकारी राजनैतिक नेतृत्व चाहिएको हो।

-धनी बर्गका ब्याक्तिहरुले पनि यो बुझ्नुहोस कि,तल्लो बर्गको अवस्था सुधार भएर आम्दानी बढनु भनेको तपाईको ब्यापारिक कारोबार वृद्धि हुनु हो,तपाईलाई तल पार्नु होइन।चिल्ला गाडी घोडा खरिद गरेर जब खाल्डामाथी घिसार्नुपर्छ भने त्यसमा के मजा? त्यो कस्तो बिलासिता?राजनैतिक दललाई अबैध चन्दा दिएर लुकिलुकि ब्यापार गर्नुभन्दा खुलेआम इमानको ब्यापार गरेर राज्यलाई कर तिर्ने ब्यापारी चाहिएको हो नि यो देशमा!

अनि अझै सोचौ र घरमा भएको ठूला राजनैतिक सदश्यलाई सोधौ- बुबा , डिग्री पढेको दाईले यो देशमा काम नपाएर पल्लो घरको काकासंग रिन काढेर खाडी गयो , आमाको देहान्त हुंदाको बखत शिरानीमा बस्नु पर्ने बेला सिमाना पारीबाट भिडियो कलमा आमाले छाड्दै गरेको अन्तिम सास र आफूलाई माया गर्ने आमाको अन्तिम अनुहार हेर्यो अनि मुर्च्छा परेर ढल्यो, अब अवस्था परिवर्तन गर्ने कि नाई?

आमा तपाईलाई आफ्ना सन्तान चाडवाड मा खाडिमा पसिना बगाउॅदै गर्दा मन कस्तो हुन्छ? अब त भोट हाल्दा सोच्ने कि नाई? भाउजू ,बिहे गरेर धन कमाउन गाको दाइ छोरिको बिहे हुनेबेला सम्म उतै अल्झिदा कस्तो भाको छ ?अब भोट फेर्ने कि नाई?अनि बिदेशमा श्रम बेचेर यता लक्का जवान भाईबहिनिलाई आईफोन पठाउने दाईदिदीलाई पनि भनौं कि ए दाइ ,ए दिदी हामिलाई हाम्रै कमाईमा बाच्न मन छ अनि तपाई सङ्गै यहि बस्न मन छ !अब देश फर्कनुस् र यतै केही सोचौ , अव युवा जाग्ने कि नाईॅ?

युरोपमा पढ्न गएकी नातिनीको बिहे हेरेर मात्र मर्छु भनेर सास अड्काएकी बुढी हजुरआमा घरमा छिन् , अब आफ्नै देशमा राम्रो शिक्षाको बाताबरण बनाउन पहल गर्नेतिर लाग्ने कि नाई ? धन कमाउन गएको छोरो बिदेशबाट रातो बाकसमा फर्कियो, यता आगनमा त्यहि छोरो बिदेश पठाउॅदा पैसा सापटी लिएको साहु ब्याजको हिसाब खोजेर बसेको छ, यो देशका छोराहरु बिदेश किन भासिए र उतै मर्न किन बाध्य भए, अब त बिचार गर्ने कि नाई? !

कर्णालीमा नुन छैन , सिटामोल छैन , सुत्केरी बोक्ने एम्बुलेन्स छैन, बालबच्चा पढ्ने स्कुल छैन , गाडी त के एउटा घोडा हिंड्ने समेत बाटो छैन , अब अवस्था फेर्ने कि नाइ ? एयरपोर्टमा टनका टन सुन छिर्यो, रअको एजेन्ट छिर्यो, ब्राउन सुगर छिर्यो, पुट्ट अघाएर पेरुङ्गामा सुतेको सालक छिर्यो, कुनदिन अब पाटे बाघै पनि छिर्छ तर बिदेशमा मेरो दाईले दुख गरेर बुढेसकाल लागेका आमाबुबालाई पठाएको एकथान मोबाईल र घडी समेत खोसेर राखिन्छ , अब सिस्टममा हस्तक्षेप गर्ने कि नाई?

छिमेकीले बारीको कान्लो मिचेर सरेआम आलु र प्याजको खेती गर्यो र हाम्रो बहादुरीको निधारमा मुत्यो, निकम्मा बनेर टुलुटुलु हेर्न छोडेर गोर्खे खुकुरी झिक्ने कि नाई? अनेकौ प्रश्न छन जुन लेखेर सकिने अवस्था छैन,तपाईहरु यी माथिका प्रश्न हेरेर आफुलाई पनि बुझ्नुस है।

तपाईं के भन्नू हुन्छ? म त भन्छु कि अवस्था परिवर्तनको निम्ति अब नैतिकता ,इमान्दारीता र सदाचारिता सहितको बैकल्पिक नया राजनैतिक नेतृत्व एकदम जरुरी छ देशमा ।अब त भोट हाल्दा यसो दायाँ बायाँ अरु नयां चिन्ह पनि छन कि भनेर हेर्ने कि नाई? अनि जनताले आशा गरेका अनुहारहरु जति एकजुट भएर नेतृत्व गर्न अगाडि आउने कि नाई? ??बिचार मिल्यो भने भन्नुस है?#publicspeaking