प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास !!

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली आज साँझ अकस्मात् शितलनिवास पुगेको स्रोतले जनाएको छ ।

हिजोमात्रै पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीमाथि थुप्रै आलोचना र आरोप लगाईएको छ । तर, शितलनिवासले भने अहिलेसम्म प्रधानमन्त्री ओली नपुगेको स्पष्ट पारेको छ ।