विनेसाम नेपाल शाखाले मनायो लक्ष्मी जयन्ति

कल्पना पौडेल |

कार्तिक २९ ।
लक्ष्मी प्रसाद देवकोटाका ११२ औं जन्म जयन्ती को अवसरमा लक्ष्मी पुजाको विशेष दिनमा भर्चुअल माध्यम बाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। कोरोनाले विश्वभर महामारी रुप लिईरहेको विषम परिस्थितिमा लामो समय पछि अनलाइनको माध्यम द्वारा साहित्यीक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मी प्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गित, कविता, गजल, मुक्तक जस्ता रचना बाचन गरेका थिए। साथै देवकोटाले नेपाली साहित्यमा निभाउनु भएको भुमिका बारे संक्षिप्त्त अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रममा शाखाका साहित्यकार वसु श्रेष्ठ, साहित्यकार सीता बिष्ट कार्की र साहित्यकार संजाल शर्माले कविता वाचन गर्नु भएको थियो भने ढुण्डिराज ढकालले गित गाएर कार्यक्रमको थप सौन्दर्य बढाउनु भएको थियो |

त्यसैगरी बरिष्ठ साहित्यकार कल्पना पौडेल “जिज्ञासु” तथा कल्पना राईले गजल वाचन गर्नु भएको थियो भने सुभद्रा घिमिरे, केशु पोखरेल खनालले मुक्तक वाचन गर्नु भएको थियो। लश्मी पुजा तथा उज्यालो पर्व तिहार अवसरमा आयोजित कार्यक्रमको अन्तमा डिजिटल देउसीभैलो खेली समापन गरिएको थियो। लक्ष्मी पुजाको दिन जन्मीनु भएका देवकोटाको जन्म जयन्तिको अवसरमा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा आयोजित कार्यक्रममा नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेल ” जिज्ञासु” को अध्यक्षतामा सुरु भएको कार्यक्रममा शाखाका उपाध्यक्ष केवि पौडेलले कविता वाचन संगै स्वागत मन्तव्य राख्नु भएको भएको थियो भने संचालन शाखाका सचीव संजाल शर्माले गर्नु भएको थियो।