११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।

हास्य कलाकार मनोज गजुरेल ले कोरोना जितेर अहिले आफ्नै घर फर्किएको खुसी खबर शेयर गर्नु भएको छ : उहाको स्टाटस जस्ताको तस्तै : शिघ्र स्वास्थ लाभ को कामना !

धन्यवाद तथा आभार ? ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखी नै धन्यवाद ? सकेसम्म यो महमारीबाट आफू जाेगिअाैँ । अरुलाई पनि जाेगाअाैँ
। दिपावलीको सबैलाई शुभकामना ।

नमस्कार ?
भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।

बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।

संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. Rabindra Sameer को सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा छु ।

मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ । धन्यबाद ।