कोरोना सोचाइ र भोगाइ मृ’,त्यु लाई जितेको आभास भो ।

तारा भुसालज्यु को वाल बाट साभार :

नेपालमा कोरोना सुरु भएपछि करिब करिब दुई महिना घरबाट बाहिर निस्किन । त्यस पछि पनि सुरक्षा सावधानी अपनाएर मात्रै बाहिर निस्कने गर्थे । पछि जव पसलहरु खुल्न थाले सुरक्षाका सम्पूर्ण सावधानी अपनाएर मात्र पसल सञ्चालन गरेको थिएँ । खेल खेल्न छोडेको थिएँ, बिनाकाम बाहिर निस्किंदैन थिए, दिनमा 20-30 पटक सेनेटाइजरको प्रयोग गर्ने , साथी भाइ आफन्त हरु संग को भेटघाट टाडा र मिल्नै परेपनि बिना मास्क अगाडि परिन । त्यसैले त म कोरोना सँग डराउने मध्येको गिन्तिमा पनि पर्थे । तर पछिल्लो एक महिना मलाई पनि लाग्यो कि यो कोरोना ठूलो कुरा होइन । साथीहरु संग कुराकानी, चाडपर्व मा रमाइलो गर्ने सपरिवार आफन्तकोमा रमाइलो गर्ने गरियो । यो कोरोना हल्ला मात्र रहेछ बेकारमा ५-६ महिना दुःख मात्र पाइयो जस्तो लाग्यो ।

तर कात्तिक २४ गते बेलुका बाट मलाई हल्का जोरो आउन थाल्यो राती जोरो बढी भएपछि 2 tablet cetamol खाइ अलग कोठामा परिवारहरु संग टाढा रहे । राती खासै निद पनि लागेन बिहान घाँटीमा केही समस्या भयो । घाटी दुख्ने थुक निल्न गाह्रो हुने भएपछि मैले काठमाडौँ भाइलाई फोन गरे भाइको सल्लाहअनुसार अहिले एजिथ्रोमाइसिन र सिटामोल continue गर्नु म भोलि आउछु भने । दवाइ सुरु गरेको २५ गतेनै दिउँसो बाट मलाइ कासो लाग्ने टाउको दुख्न थाल्यो । भाइलाइ यो सबै भनेपछि pcr test दिनु ,भोली सम्म रिपोर्ट आयो भने मलाई उपचार गर्न सजिलो हुन्छ भनेका थिए । मलाई लाग्यो आइशोलेसनमा बसेकै छु रिपोर्ट पोजेटिभ नै आयो भने पनि आइशोलेसनमा नै बस्ने हो छुट्टै उपचार त के नै हुन्छ होला भनि pcr दिइन । डिल्लीराज काका ले प्रेसर गर्दै हुनुहुन्थ्यो pcr ko लागि तर मलाई अरु जतिजनाले फोन गर्नु भयो pcr दिएत टेन्सनले अरु बढी रोगी बनाउँछ । अन्योलमा परे pcr नदिने निर्णय लिए । २६ गते भाइ आउने दिन केही राहत महसुस गरेको थिएँ तर शरिरमा थप लक्षणहरू देखा परिरहेका थिए । रुघा लाग्ने तर नाकमा सुख्खा पन । नाक भित्र खुर्सानी हाले जस्तो गरी दुख्ने टाउको दुखाइ खटि नसक्नु । खोक्दा छाती दुख्ने, हल्का पखाला ।

बेलुका भाइ आएपछि सबै हिस्ट्री पुन दोहराए । भोली बिहान २७ गते थप ४-५ थरि सप्लिमेन्ट दवाइ र टाउको दुखाइ कम गर्न कोडिन लेइदिए त्यो दबाइ खाए तर शरिरमा खासै फरक देखिएन । बेलुकि अक्सीमिटर ल्याइ अक्सिजन सेचुरेसन हेर्दा ९१ मात्र देखियो फेरि पनि चेक गरिरहदा ८९-९०-९१ मात्र साझ परिसकेको थियो काठमाण्डौमा कोभिड हस्पिटल विर अस्पतालमा आइसियुमा कार्यरत भाइ सुरेन्द्र सहित अरु साथीहरु संग कन्सल्ट गरि भाइले एक्सरे , रगत जाँच गर्न लगे । छातिको एक्स-रे गर्दा निमोनिया देखियो रगतमा खासै खरावी देखिएन । निमोनिया को उपचार गर्न कोभिड जाच गर्नु पर्ने भयो । कोभिड भएको अवस्थामा र नभएको अवस्थामा फरक उपचार गरनु पर्ने । PCR नगरेको भएर उपचारमा कठिन भयो । जिल्ला अस्पतालमा डा उत्तम पच्या संग भाइले कुरा गरे भोलि बिहान ९ बजे दाइलाई लिएर आउनु भन्नुभयो । राती अक्सिजन कतै पाइन्छ कि भनि खोजेको सकिएन फेला पार्न । बिहान पुगियो PCR को लागि डा उत्तम संग कुराकानी भयो भाइको, भन्दै हुनुहुन्थ्यो मलाइपनि अक्सिजन फल्कचुएसन भएको थियो पिर नगर्नुस् । PCR दिएर घरमा आइ अक्सिजनको खोजि गर्दा कहि मिलेन अन्तिममा महेश श्रेष्ठ दाजुले बुटवलमा व्यवस्था गरि दिनुभयो ।

भाग्यले नेत्रको गाडी हिड्ने बेला भएको, कुरा सुन्ने बित्तिकै सिलिन्डर लिएर दौडीहाले साझमा ल्याइ पुराए अक्सिजन । ८० सम्म ड्रप भएको अक्सिजन रातिबाटै दिन सुरु गरेको सेचुरेसन नर्मल बनायो । अक्सिजन त दिइयो अन्य उपचारका लागि PCR report कुर्ने सिवाय केही रहेन । कतिबेला भोलि बिहान हुन्छ भन्ने भयो । सरिरलाइ गारो भइरहेको थियो । २९ गते बिहान भाइको मोवाइलमा डिल्लीराज काका को फोन आयो रिपोर्ट नेगेटिभ छ भनेर । मेरो मोबाइल स्वीच अफ थियो भाइकै मोवाइल बाट मलाई पनि बधाई दिनु भयो । अब उपचार सजिलो हुने भयो भन्दै भाइ बाहिर निस्के श्रीमती गिता बुडा तपाइको त नेगेटिभ आयो भन्दै कोठा मा आउदै थिइन मैले उनलाइ ढोकामा रोकेर फल्स नेगेटिभ हुन सक्छ म सँग नआउ भन्दै थिए भाइ लछु दगुर्दै दाइ काकाले फेरि फोन गर्नु भयो रिपोर्ट पोजेटिभ रहेछ भाइरल लोड १९, नम्बर भन्दा गल्ती भएको रहेछ । मलाइत पोजेटिभनै लागेको थियो लक्षणहरू महशुस गर्दा । भाइ आफै पनि विगत ३ महिना देखि कोभिड बिरामी हेरिएको भएपनि काठमाडौं मा रहेका भाइ सुरेन्द्र र कोभिड हस्पिटल पाटन मा कार्यरत डा यज्ञ पोखरेल, जो कोरोना संक्रमित भइ आइसियु उपचार पछि निको हुनु भएको थियो । यहाँ गरेको एक्सरे भाइवरमा पठाएर सिनियर हरु संग सल्लाहा गरि सबै जनाको निस्कर्ष लाइफ सेभिङ मेडिसिन चलाउने भयो । तत्कालनै डेक्सोना र इनोक्सापिरिम इन्जेक्सन चलाउने र जति सक्दो चाँडो रेमडिसिविर इन्जेक्सन दिने कुरा भयो । तम्घासमा कतै खोज्दा पनि नपाएपछि भाइले डा उत्तम पच्या संग कुरा गर्दा डेक्सोना सम्म त हामी संग छ भने पछि तत्कालै लिएर त्यो इन्जेक्सन दिइयो ।

पछिल्लो समय कोभीड को कारण रगत जमेर विरामी मरेका भएर रगत पातलो गराउने एस्प्रीन पनि सुरु गरे । रेमडिसिविर को लागि भाइ सुरेन्द्र ले काठमाडौं मा व्यवस्था गरि २९ गते सोहि दिन कामना बसमा साझ पठाइ दिए र आज ३० गते बिहान ९ बजे रेमडिसिविरको पहिलो लोडिङ डोज २ डोज , डेक्सोनाको दोस्रो डोज र इनोक्सापिरिमको पहिलो डोज दिए पछि केहि राहत महसुस भएको छ र अव त बाचियो भन्ने भएको छ । भाइ डाक्टर भएर चिकित्सक को भुमिका त निर्भाह गरेनै भाइको नाताले गएको ५ दिन मेरै रुममा सुत्ने, एक छिन मलाइ अलग नछोड्ने, PPE लगाएर कोठा सफा गर्ने मैले खाएका भाडा सफा गर्ने कपडा धोइदिने तथा सम्पूर्ण परिवार लाइ सान्त्वना दिने अझै भनुम मलाइ बचाएर ऋणी बनाएका छन् । आमा ढोकामा आउनुहुन्थ्यो पुर्लुक्क रुनुहुन्थ्यो म मुसुक्क हास्थे र भाइले सुइ दिएको सलाइन दिएको देखेर आषा लिएर जानु हुन्थ्यो ।

डा यज्ञ पोखरेलले अक्सिजन तल झर्दा के हुन्छ र भन्दा भन्नुभयो कोभिडमा सबै भन्दा खतरा भनेको अक्सिजन ड्रपहुनुहो । बिरामी लाई चेक नगरि थाहा हुदैन शरिरमा अक्सिजन तल झर्यो भन्ने । काम गर्दा गर्दै, खेल्दा खेल्दै, बसिरहेको अवस्था अथवा हिडिरहेको बेला बिरामी लाई थाहा नभइ एक्कासी अक्सिजन घटछ र बिरामी ठाउको ठाउ हुन्छ तेसैले यसलाई हेप्पी हाइपोमा भन्छौ । तेसैले हामी लक्षण सहितका कोभिड बिरामीहरूको अक्सिजन ९२ पुग्यो भने क्रिटिकलमा उपचार गर्छौ । अब ४-५ दिनको उपचार बाकी छ । मलाई यस अवस्थामा साथ दिनु हुने सम्पूर्ण परिवार, सम्पूर्ण डाक्टरहरु र अन्य सुभेच्छुक हरु प्रति कृतज्ञ छु । कोभिड लाइ सामान्य त सोच्दै नसोच्नु होला । लागेर उपचार गर्न भन्दा लाग्न नदिन प्रयास गर्नु होला । भाइको सल्लाहअनुसार कुरा गर्दा स्ट्रेस बडनेहुदा मोवाइल अफ राखेको छु ।