‘हाम्रो नेपाल हामी नेपाली’का सदस्यहरुबाट लेले स्थित मनकामना मन्दिरलाई आर्थिक सहयोग

ललितपुर २७ कात्तिक । लेलेस्थित काभ्रेमा रहेको मनकामनामाई मन्दिर विसं २०६२ मा जनश्रमदानबाट निर्माण शुरु गरिएको हो । सो मन्दिर गोरखाको वैकल्पिक मनकामनामाईका रुपमा स्थापना गरिएको थियो । मन्दिर निर्माण उपभोक्ता समिति गठन गरेर जनश्रमदानबाट तीन लाख र दुई लाख बराबरको जिन्सी सामान उठाएर मन्दिर निर्माणको काम सुरु भएको थियो भन २०६४ साल वैैशाख २२ गतेबाट मन्दिर उद्घाटन गरेर देवीको पुजा, आरधाना थालिएको थियो । त्यसताका मन्दिर निर्माण शुरु गरियो तर यसलाई पूर्णता दिन प्रर्याप्त रकम भने थिएन । यसलाई जसरी भए पनि अघि बढाउनुपर्ने बाध्यता रहँदा २०६८ सालमा भागवत लगाएर त्यसबाट सङ्कलित केही रकम मन्दिरमा खर्च गरिएको थियो ।

अहिले पनि मन्दिर सुधारका लागि बिभिन्न संघ, संस्था र मनकारी दाताहरुबाट आर्थिक सहयोग जुट्ने कार्य भैरहेको छ । ‘हाम्रो नेपाल हामी नेपाली’ का संयोजक ज्ञानेन्द्र शाहि र समाजसेवि राजकुमार महर्जनको अग्रतामा कात्तिक २७ गते एक कार्यक्रमको आयोजना गरि मन्दिर ब्यवस्थापन केही रकम हस्तान्तरण गरेका छन् । रकम सहयोग गर्नुहुने सहयोगी अभियान्ताहरुमा संयोजक ज्ञानेन्द्र शाहि, केन्द्रीय सदस्यहरुमा राजकुमार महर्जन, सदस्य शुरेस शाहि, सन्तोष महत, संजय राज अधिकारी, कञ्चन सिलवाल, सुनिता पाख्रिन, सञ्जु रञ्जित, भिम मैनाली, क्रान्ति बराईलि, ललितपुर जिल्ला सल्लाहकार बिम्लेस्वर प्रधान, लपु जिल्ला सदस्य दिपेन्द्र देसार, समाजसेविहरुमा सुनिल महर्जन, कपिल श्रेष्ठ, सन्जिव बस्नेत, बिकास थापा, दिल बहादुर घल, धन बहादुर लामा, कमल, पुरुषोत्तम बस्नेत, बिपिन अधिकारी, राकेश जोशी, सबिन गुरुङ, मोहित गुरुङ, लि गुरुङ, शेरबहादुर वाइबा, लभ सिल्वाल, केसब आचर्य रहनु भएको छ । उहाँहरुले आफुखशी एक हजार देखि पाँच हजारसम्म आर्थिक रकम सहयोग गर्नु भएको थियो ।

हाल बढ्दो कोभिड महामारीले कसैलाई पनि नआउन अनुरोध गरिएको र घुम्न आउने मानिसबाट उठेको रकम भने मन्दिरमा आवश्यक काम तथा सामान, भजनकृतन, वार्षिक कार्यक्रम तथा बाजागाजामा खर्च हुने गरेको मन्दिरका संस्थापक अध्यक्ष ठुलाबहादुर तामाङले बताउनु भयो ।