सुनिता थेगिम र देवराज धमलाको “मान्छेको के भर”सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली “मान्छेको के भर “बोलको गीत सार्वजनिक भएको हो ।

देबेन्द्र दिल (दुखि) चेम्जोङ्गको उत्कृस्ट शब्द रहेको गीतमा रक्षक राईले संगीत गरेका हुन् भने रुद्र श्रेष्ठले एरेञ्ज गरेका छन् सोहि गीतमा गायिका सुनिता थेगिम र गायक देवराज धमलाको स्वर रहेको छ ।

गीतलाई रुद्र श्रेष्ठले रेकर्ड गरेका हुन् भने रुद्रलेनै मिक्सिङ-मास्टरिङ गरेका हुन् । गीतको भिडियोलाई पूर्वाञ्चल म्युजिक युट्यूव च्यानल मार्फत् दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ ।

गीतको भिडियोलाई अमन बाबुले काठमाडौँमा छायाङकन गरेका हुन् भने इटहरीमा सागर हेयोन्जले छायाङकन तथा सम्पादन गरेका हुन् । गायक तथा संगीतकार रक्षक राईले आफ्नो दर्शक/श्रोताहरुलाई नयाँ गीत हेरेर/सुनेर प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।

हेर्नुहोस् भिडियो :