आयो हास्य टेलिश्रृङखला सक्किगोनी बिर्साउने चिबे र कोपाको हास्नु हुन्न है । हासेर भुतुक्कै हेर्नुहोस (भिडियो सहित)

हास्य टेलिश्रृङखला सक्किगोनीलाई बिर्साउने “हास्नु हुन्न है” को तिहार बिशेष भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक गरिएको छ । हास्य टेलीशृङ्खला दोबाटे छाडेर प्राय सबै कलाकारहरु हास्नु हुन्न है मा आएका छन । दोबाटेमा प्राय कोहि कलाकारहरु लामो समय टिकेको देखिदैन । विभिन्न सिरियलमा अभिनय गरिसकेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) ले लेखेको अनि निर्देशन गरेको सिरियलमा नयाँ तरिकाले सबै हसाउने कथामा बिशेष यो देखेर सबै छक्क परेका छन । पुर्बमा सुटिङ हुने गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ अनि छुट्टै आनन्द आउँछ ।

यस टेलिसिरियलमा निर्देशक तथा कलाकार आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत ज्योती अधिकारी (मुखाले प्रहरी),कल्पना पान्डे (कालीबुढी), रुबिना गहतराज अर्थात आरती (ए ल ल), सिला उप्रेती (बोजु),गणेश भट्टराई(कागे),संतोष किराती,देब लिम्बू,मन्जु लिम्बू, दिनेश बस्नेत तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ । यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । तिहार स्पेसल यो हप्ताको भागलाई युटुबमा सुपर अनलाइन टिभि मार्फत भर्खरै सार्बजनिक गरिएको छ ।

दोबाटेबाट निस्कीएपछी समीर सुवेदी र आइन्द्र लिम्बुले आफैले हास्नु हुन्न है नामक सिरियल सुरु गरेपछि दोबाटे छाडेर अन्य आधी भन्दा धेरै कलाकारहरु पनि नयाँ सिरियलमै आएका छन । यो हप्ताको हास्नु हुन्न है मा चिबे र कोपा मार्फत तिहारमा गाउँमा हुने रमाइलो साथै लिम्बू भाषा तथा किरातहरुको संस्कृती तथा नेपाली संस्कृतीलाई झल्काउने कोशिश गरिएको छ । धेरैले सक्किगोनी सङ तुलना गरेर कमेन्ट गर्ने गरेको हास्नु हुन्न है छोटो समयमा निकै चर्चा कमाउन सफल भएको देखिन्छ । तलको भिडियोमा हेर्नुहोला पेट मिचीमिची हसाउने छ ।