आज धनतेरस पर्व, यस्ता सामाग्री किन्दा हुन्छ धनलाभ

ज्योतिषः केशव गौतम ,

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

हिन्दुहरुको दोस्रो महान चार्ड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गर्छौं । पाँच दिन मनाइने भएकोले यस यसलाई यमपन्चक पनि भनिन्छ । ती पाँच दिनको आफ्नै भिन्दै महत्व र मान्यता रहेको छ । तिहारको पहिलो दिन काग तिहार हो । यो दिन हामी कागलाई पूजा गरेर खाना खान दिन्छौं । यो दिन काग सँगसँगै हामी लक्ष्मी, कुवेर र धनवन्तरिको पनि पूजा गर्छौं ।

यो दिन मानिसहरु देवी माता लक्ष्मी र कुवेरलाई प्रसन्न गर्नको लागि विभिन्न उपायहरु गर्छन् । यो दिन देवी माता लक्ष्मीलाई खुशी बनाउन सकियो भने वर्षभरी नै तपाईंले कुनै किसिमको समस्या हुँदैन भन्ने धार्मिक विश्वास छ । त्यसैले आज हामी तपाईंलाई धन्तेरसमा गर्ने त्यस्ता केही विशेष उपायहरुको बारेमा जानकारी दिँदैछौ । जसले तपाईलाई फाइदा प्राप्त हुन्छ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |