आज युकेमा आठ वटा बच्चा मार्ने नर्शलाई अदालतमा हाँजीर

रुद्र ढकाल हलोवाला,

लिभरपुल। युकेमा एक ३० बर्षीय ग्र्यजुयट स्टाफ नर्शले आफू काम गर्ने हस्पिटलको प्रसुती वार्डमा आठ जना नवजात शिशुहरुलाई मारेको खबर बेलायतभरका मिडियाहरुमा सनसनीपूर्बक छापेको छ।

लुसी लेट्बी नाम गरेकी ती नर्शले चेसाएर स्थित चेस्टर हस्पिटलको प्रसुती वार्डमा सन् २०१५ को जुन महिना देखि २०१६को जुन् महिना सम्म अर्थात् जम्मा एक बर्षको अबधी भित्रमै ८ जना बच्चाहरु मारेको अभियोग छ। जघन्य अपराधको आरोपमा युके प्रहरीले सन् २०१८मा नै पक्राऊ गरी अनुसन्धान अगाडी बढाई रहेकोमा आज भने उनलाई अहिले यतिखेर नै लिभरपुल र म्यानचेस्टरको बिचमा पर्ने वारिङ्ग्टोन् मजिस्ट्रेट कोर्टमा सुनिवाईकोलागि हाँजीर गराईएको समाचार छ।

त्यस्तै नेपालको सन्दर्भमा अस्पतालमा आउने बिरामी या कुरुवा ग्राहकहरुलाई रुखो स्वरमा बोल्ने, हेप्ने र उल्टै झर्किने तथा आफ्नो ड्युटीबाटै गायब भई धेरै जसो समय फेसबुक तथा सामाजिक संजालमा ब्यस्त हुने नर्शहरु बढीरहेको समाचार छ। यस्तो प्रवृति बढ्दै गएमा पेशागत मर्यादामा ह्राश आई यस्तै किसिमको लाहापर्बाही, हेल्च्याक्र्याईंले हस्पिटल भित्रै अन्य पेशागत दुर्घटनाहरु बढ्न सक्ने बताईएको छ।

समाचारको श्रोतको लागि यो लिंकमा जानुहोस्: