कलाकार हरिबंश आचार्यको जन्म दिनमा श्रीमती बोल्दा बोल्दै रुन थालेपछि जिस्काए हरिबंशले (भिडियो कुराकानी)

नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका सफल कलाकार हरिवंश आचार्य आज आफ्नो जन्मदिन मनाइरहेका छन् । जन्म दिनमा उनकी श्रीमती बोल्दा बोल्दै रुन थालेकी हुन्। वि.सं २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म काठमाण्डौको गौरीधारामा भएको हो । हरिवंशले आफ्नो करिअरको सुरुवात वि.सं २०३१ सालमा रेडियो नेपालको नाटकमा काम गरेर सुरु गरेका थिए ।

यसपछि उनी राष्ट्रिय नाँचघरमा आवद्ध भए र उनले गाइजात्रा महोत्सवमा सहभागी भए । अर्का सफल हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्नु अगाडि हरिवंशले ६ बर्ष एक्लै काम गरेका थिए । हरिवंशले केही सफल चलचित्रमा पनि काम गरेका छन् । उनले ‘लोभीपापी, राजमती, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री, शत्रु गते, दाल भात तरकारी’ जस्ता सफल चलचित्रमा काम गरेका छन् । हरिवंशले चलचित्र ‘बलिदान’मा गरेको जीवन्त अभिनयलाई दर्शकले आज पनि संझिएका छन् ।