प्रचण्डका अंगरक्षक मुनाललाई पक्षघातः उचार नपाएर अवस्था गम्भीर, उपचारको लागि सहयोग अपिल

२०७७ कार्तिक २६ गते ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डका अंगरक्षक तुलबहादुर घर्ती ‘मुनाल’ को पक्षघातका कारणले स्वास्थ्य अवस्था गम्भीर भएको छ । जनयुद्धका क्रममा प्रचण्डका सुरक्षामा रातदिन खटिएका मुनाको उपचार पनाएर घरमै सिकिस्त अवस्थामा भएको परिवारले जनाएका छन् ।

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जवाङस्थित आफ्नै घरमा मर्नु न बाँच्नुको अवस्थामा बेसाहारा भएका छन् । जनयुद्धकालको चर्चित चुवाङ बैठकमा मुनाल प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, बादलहरुलगायतका नेताहरुको सुरक्षाको जिम्मा लिएका मुनाल उपचार नपाएर छटपटिरहँदा कसैले पनि सहयोग गरेका छैनन् । उपचार नपाएरै मुनालको ज्यान जाने अवसथामा पुगेको परिवारले जनाएका छन् ।

मुनालको उपचारका नीम्ति पूर्वमाओवादीका नेता तथा सामाजिक अभियान्त हेमबहादुर खड्काको नेतृत्वमा काठमाडौंको संवाद डबलीमा सहयोग अपिल कार्यक्रममार्फत सत्तासीन नेता तथा आम मनकारी जनसाधारण समक्ष सहयोगका लागि अपिल गरेका छन् ।
देशको परिवर्तनका खातिर आफ्नो शरीर जर्जर बनाउने मुनालजस्ता सयौं साथीहरुको सहयोगका लागि आफूहरुले मुनालबाट सुरु गरेको बताए । अभियान्ता खड्काले अगाडि भने, “जनयुद्धमा हेडक्वाटरका नेताहरुको रक्षा गर्ने मुनालजस्ता सयौं कमरेडहरु बेसाहारा भएका छन्, उहाँहरुको रक्षा कसले गर्ने ?”

कार्यक्रममा बोल्दै खड्काले आफूहरु बिहिबार नै उपचारका लागि रुकुम जाने र मुनाललाई काठमाडौंमा ल्याएर उपचार गर्ने योजना रहेको जानकारी समेत दिए । जसका निम्ति आम रुपमा सहयोग गर्न अपिल गरेका छन् ।
सहयोगको लागि शान्ति नेपालको नाममा रहेको ग्लोबल आईएमई बैंक लिमिटेड, पानीपोखरी शाखाको खाता नम्बर ३३०१०१००००७६५ मा जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ ।