कलियुगका गणेश, १७ बर्सिय किसोरको तौल १३५ केजि ! तौल धेरै भएकोमा चिन्ता (भिडियो सहित)

उर्लाबारी/ मोरङको मिक्लाजुङ–४ ढाडेका गणेश तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्छ । औसत मानिसहरू त्यति बाटो १० मिनेटमा छिचोल्छन । यही कारण उनलाई स्कुल नै पढ्न छोडौँ–छोडौँजस्तो लाग्छ।

उनलाई विद्यालय जान आउन समस्या हुनुको कारण हो उनको अजङढ्गको शरीर । उनी मोरङको मिक्लाजुङढ्ग–४ खोलिटारीस्थत सिंहदेवी माध्यमिक विद्यालय कक्षा–१० मा पढ्छन । भर्खर १७ वर्ष पुगेका गणेशको तौल १३० केजी छ।

विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा ताका नै ६० किलोका थिए। गणेशको खानपान र दैनिकी सामान्य छ । घरका सानातिना काममा उनी सघाउँछन । तर उनको शरीरले उनलाई चाहे अनुसार काम गर्न दिँदैन । गणेश भन्छन, विद्यालय जान र आउन गाह्रो लाग्छ । अजङढ्गको जिउ भएकाले उनको नाम नै गणेश जुराइदिएको उनका बाबु मानबहादुरले बताउनुभयो तर गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन । उनले भने धेरैले हात्ती भनेर जिस्क्याउँछन ।

मोटो भएकैले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन । स्थानीय महेन्द्र थेगिमले भन्नुभयो, गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ, नयाँ मान्छेले देखे भने त एकछिन उभिएर हेर्छन । स्कुलमा कोही पाहुना आए भने ऊसँग सेल्फी खिच्ने गर्छन । गणेशको पढाइ भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताउनुभयो । शिशु कक्षादेखि सोही विद्यालयमा पढढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढङढ्गले बढिरहेको छिमेकीको भनाइ छ ।

मानबहादुरका दुई छोरा र दुई छोरी छन । अरू सबैको तौल औसत मानिसको झैँ छ । गणेशको तौल नियन्त्रण गर्न मानबहादुरले धेरै समय र पैसा खर्च भइसके पनि सुधार नभएको दिदी सरस्वतीले बताउनुभयो । १७ वर्षमा १३५ किलो पुगेका गणेशको तौल यही क्रमले बढढ्ने हो भने के होला, तामाङ परिवारलाई ठुलो चिन्ताको विषय बनेको छ ।