के भयो ? मध्यरातमा अचानक सियोनाका बाबा आमा मिडियामा | १० करोड भन्दा बढी रकम उठी सक्यो ! (मार्मिक भिडियो)

स्कटनेपाल, १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग अभियान यतिबेला चलिरहेको छ । देश बिदेशका नेपालिहरुले यो अभियानमा सहयोग गरिरहेका छन् । यता नेपाली सेलिब्रेटिहरुले पनि सियोनाको उपचारको लागि आर्थिक सहयोग गरिरहेका छन ।आजको दिन सम्म करीब १० करोड भन्दा बढी रकम उठी सकेको सियोना का बाबा ले जानकारी गराउनु भएको छ ।

छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।