चर्चित गायक रामजी खाडले खेले फेरी अर्को तहल्का पिट्ने दोहोरी गीत

हाल प्रबाशमा रहेका गायक तथा सर्जक मंगल बि.क ले एकपछी अर्को गीत संगीतको उत्पादनहरु क्रमस बजारमा ल्याइरहेका छन् । सोहि क्रमको उनको पछिल्लो प्रस्तुति “भिजायो पछ्यौरी” हो । गायक तथा सर्जक, मंगल बि.क ले यसअघि पनि थुप्रै गीतहरुमा काम गरिसकेका छन् । यस पटक बजारमा आएको गीत “भिजायो पछ्यौरी” बोलको गीतमा मंगल बि.क र जुनु रिजालको सुमधुर स्वर सुन्न सकिन्छ ।

मंगल बि.क अहिले प्रबासमा रहेका छन् । प्रबासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा ब्यवसाहिकता नभैरहंदा उनी जस्ता धेरै कलाकारहरुले त्याग गरिरहेका छन् । तसर्थ भर्खरै बजारमा आएको गीत “भिजायो पछ्यौरी” लाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले उच्च प्राथमिकतामा राख्नु पर्ने आवस्यकता रहेको छ । त्यसो त यो भन्दैमा नराम्रा गीतहरुलाई सुन्नु पर्छ र हेर्नु पर्छ भन्ने होइन । यस गीतलाई संचार कर्ममा समर्पित ब्यक्तिले पनि सुनेर हेरेर यो खबर लेखेको हुँदा, साथै गीतको संयोजन सबै उच्च रहेकोले आफ्नो मन मष्तिस्कमा राख्नको लागि सिफारिस गरेको हुन सक्छ ।

प्रस्तुत गीतलाई मंगल बि.अ स्वयम् ले लय सिर्जना गरेका हुन् भने शब्द महेन्द्र बि.क को रहेको छ । यस गीतको म्युजिक भिडियोमा राम्जी खांड र रिचा थापाको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन दिपक गिरी र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई राम्जी खांड नामक युट्युब च्यानल मार्फत डिजिटल बजारमा सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।