गरीबी, बेरोजगारी र असमानताका बीच कोरोनाको समस्या झनै पेचिलो बन्दै बिद्रोह दबाउनकैलागि पनि बेलायतमा अझै लक्डाउन लम्बिने संकेत!

रुद्र ढकाल हलोवाला, लन्डन

हिंजोदेखि युकेमा शुरुभएको एक महिने राष्ट्रिय लक्डाउन अबधीमा लिभरपुल क्षेत्रमा भने भएभरका जम्मै मानिसलाई दुईदुई हप्तामा मास कोरोना टेष्ट गरिने। यसकोलागि आज देखि नै २,००० दुई हजार ब्रिटिश सेना परिचालन। बिकास र निर्माणको काम भने यथाबत रुपले नै भित्रभित्रै खुरुखुरु भईरहने। स्मरण रहोस्: केही समय पहिले मात्रै लिभरपुल शहरको लाईम स्ट्रीट तथा सेन्ट जर्ज हल वरपर बेरोजगार युवाहरुले ठूलो आम सभा गर्दै बर्तमान अबस्थामा भईरहेको लक्डाउनको बिरोध गरेका थिए। अबको गरीबी, बेरोजगारी र असमानताको बिद्रोह दबाउनकै पनि बेलायतमा अझै लक्डाउन लम्बिने संकेत! बेलायत सरकारले यस्तै लक्डाउनको सहाराले बिद्रोहको आगोलाई थामथुम पार्दै जाने तथा लक्डाउन भने निकै लामो समय सम्म जाने संकेत् छ!

यसैगरी वेल्समा एकै घरका ३ जना मानिस लगातार कोरोना भाईरसले मर्न थालेपछि सोसियल मिडियाले कोरोनालाई जोक्सको रुपमा उडाएकोले यस्तो दुर्दशा भोग्नु परेको आरोप लगाउँदै सम्बन्धित परिबारका अरु सदस्यहरुले आपति जनाएकाछन्। जजसलाई कोरोना लाग्यो उनीहरुले मात्रै कोरोनालाई बुझ्ने गरेको भएको गुनासो।
मेन्चेस्टर युनिभर्सिटीमा अल्लोघर पल्लो घरमा बस्ने बिद्यार्थीहरु बीच अग्लो फलामे बार हालेकोमा बिद्यार्थीहरुद्वारा भत्काईयो। युनिभर्सिटीले भने क्षमा याचना मागेको जनाईएको छ।

त्यस्तै स्वास्थ्य सम्बन्धी एक अर्को अनुसान्धानले गरीब मुलुकका मानिसहरुको औशत उचाई कम हुने गरेको जनाएको छ। नेदरल्याण्ड, र बंगलादेशका १९ वर्ष उमेरका युवाहरुमा गरिएको बिस्तृत अनुसन्धानले यसरी उही उमेरका युवाहरुको औशत आयू धनी र गरीब देशमा फरक हुनु लाई गरीबी, अभाब र पौष्टिक आहारको उपभोगको प्रवृति तथा पर्याप्ततालाई औंल्याएको छ। युकेको उही उमेरका (१९ बर्षका) युवाहरुको औशत उचाई भने ५ फिट १० ईञ्च छ।

एक अर्को समाचारमा श्रीलंकाले युकेबाट रिसाईकलकोलागि लगिएको २६३ कन्टेनर सामानहरुमा अस्पातालबाट फालिएको फोहोरहरु समेत भएको र उक्त सामानहरु जनस्वास्थ्यकोलागि एकदमै हानिकारक प्लास्टिक जन्य पदार्थले भरिएको भन्दै जम्मै कन्टेनरहरु युकेमा नै फर्काईदिएको छ।

जे होस् धनी देश र गरीब देशका मानिस बिचको खानपान तथा पौष्टिक आहारको असमानतालाई कोरोनाले झनै पेचिलो बनाउने संकेत् छ |