११ बर्षदेखि कष्टकर जिन्दगी – बिस्तारामै दिसापिसाब, ढाडदेखि तल केहि छैन

गुल्मी । आज हामी घटना बताउदैछौ गुल्मी मालिका गाउपालिका ८ सिमलटारीदेखि माथि बाटाघर भन्ने ठाउका जुठे सुनारको जो अहिले ४६ बर्षको उमेरमा यस्तो ठूलो समस्याबाट गुर्जिरहेका छन । केही बर्ष अगाडि भारतमा मजदूरी गरेर घर फर्किएका जुठे जब सामान लिन भनि सिमलटारी झरे फर्कने क्रममा नाम्लो शिरबाट चिप्लीएर घाटीमा अडकेपछि करिब २०० मिटर तल भिरबाट नालिमा गएर बजारिए जहा उनको मेरुदण्ड पुरै धरासायी भयो । त्यसपछि उपचार गर्दै जादा डाक्टरले अब हिडन सक्नुहुन्न भनेपछि अहिले ११ बर्ष भईसक्यो गाउकै घरमा बिसतारामा पल्टिरहेका छन ।

अरु जस्तै हिडेको देख्दा आफना हिडेका दिनहरु सम्झिन्छन र रुन थाल्छन गहभरि आ“शु पार्दै भन्छन काश म पनि तपाईजस्तै हिडन सक्ने भए आज यसरी सुतेर परिबारलाई दुख दिएर खान पर्ने थिएन, म त जिउदो लाश भए भन्दै रुन्छन । कति गर्दा पनि अब त हिडनै सकेन भन्दै आफना दुखहरु पोख्छन तर यति धेरै दुख पाएका उनी सधै सम्झन्छन आफनी श्रीमतीलाई किनकि उनको जिबनमा अझैपनि श्रीमतीले दिसापिसाब स्याहार सुसार भाई र परिबारले मिलेर गरेका छन ।
यिनको यो अवस्था देख्दा जो कोहीको आखामा आशु आउछ सायद मुटु दरो नहुने मानिसले यो भिडियो हेर्न पनि सक्दैनन होला । पहिला यसरी हिडन दुगुर्न सक्ने जुठे अहिले यस्तो अवस्थामा छन, हेर्नुस |