सरकारलाई गम्भिर सवाल, कोरोनाका कारण मरेका सबैको शव दिन सक्छ ? अर्घाखाँचीमा यस्तो भयो ।

कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि गरिएको छ । मालारानी गाउँपालिका–४ का ३० वर्षीय बाबुराम खनालले आफ्ना ५८ वर्षीय बुबा यमलाल खनालको शव उत्खनन् गरी अन्त्येष्टि गरेका हुन् । बाबुरामका बुबा यमलालको २८ जेठमा मृत्यु भएको थियो । मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा जेठ ३० गते आउँदा यमलालमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिमै बस्दा पनि कोरोना परीक्षणका लागि बुबाको स्वाब लिने काम भएपनि स्वाब हराएको बाबुरामले बताए । थप यो भिडियोमा हेर्नुहोस ।।