रत्न पार्कमा दैनिक भात खानेहरुलाई लखेट्नु पर्छ । ठीक हो ।

डाक्टर एपी शर्मा,

१. रत्न पार्कमा दैनिक भात खानेहरू काठमाण्डौ महानगरका स्थायी बासिन्दा होइनन् । अझ नेवारहरू पनि झन् होइनन् । दुई चार जना होलान् ती पर्वते नेवार हुन ।

२. स्थायी बासिन्दा नभएको अवस्थामा उनीहरू यहाँका चुनावका भोटरहरु त झनै होइनन् । तिनीहरू सिर्फ मजदुर हुन । भोट हाल्न जिल्ला समेत जाँदैनन् शायद ।

३. स्थायी बासिन्दा पनि होइनन् र चुनावमा भोट हाल्ने भोटर पनि होइनन्, नेवार पनि हुँदै होइनन्, त्यसैले लखेट्नु पर्छ तिनीहरूलाई । त्यहाँ कसैले दिएको खाना खान दिनु हुँदैन । भित्री कुरा यत्ति हो। काठमाण्डौको मेयरले जानेको यत्ति मात्र हो, अरु सबै भन्ने कुराहरू हुन् ।

४. अठारौं शताव्दीको जंगली बर्बर अमानवीय दुष्टता कसरी आयो मेयरमा यो कुराहरू बाहेक ?
अस्तु ।