भिटेनलाई पक्राउ नगर्न उच्च अदालतले दियो आदेश, हेर्नुहोस कार्तिक १९ गतेका मुख्य समाचारहरु

पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको हो । अदालतका उप–रजिस्टार शम्भु रेग्मीले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरिएको बताए ।

भिटेनले एक साताअघि सार्वजनिक गरेको पारा नामक गीतमा अश्लील शब्द र गालीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो । यो विषय सार्वजनिक लगत्तै उनले युट्युबको ट्रेडिङ नं. १ मा रहेको आफ्नो गीत हटाएका थिए ।हेर्नुहोस कार्तिक १९ गतेका मुख्य समाचारहरु :