जहाँ शंख घंट आफै बज्छ, देवताहरुलाई भोकै राखिएको, तनहु अकला देवी मन्दिर, शिवालय मन्दिर शिल्यान्यास (भिडियो सहित)

तनहु अकला देवी मन्दिर म्याग्दे ३ किलचोक को डीपीआर बमोजिम :

अकला देवी मन्दिर, शिवालय मन्दिर ,मुल गेट संम्पन्न हुदै छ भने प्रदेश सरकार , गापा र जनस्तरमा बनेको अतिथि गृह र भजन कृतन पाटि भने अपुरो रहेको छ । शिवालय मन्दिर शिल्यान्यास कार्यको प्रमुख अतिथि म्याग्दे गापा अध्यक्ष मायादेवी राना ले उद्घाटन गर्नु भएको थियो सो कार्यक्रममा उहाले म्याग्देको एउटा प्रमुख धार्मिक धरोहर रहेको र पहिले देखि सतचण्डी पाठ ,रुद्री पाठ गरेको खण्डमा गापा ले आर्थिक सहयोग गर्ने प्रतिबद्दता ब्याक्त गर्नुभयो र अब होमन कुण्ड बनाउनको लागि गापाले सहयोग गर्ने समेत प्रतिबद्दता ब्याक्त गर्नुभएको थियो।त्यसै गरि गापा उपाध्यक्ष बालकृष्ण घिमिरेले आमा समूह ले बनाएको पुरानो मन्दिर भत्किएर नया बन्नलाएको आफुले थाहा नपाएको बताउनु भएको थियो। यो मन्दिर बनाउन आफुले ठुलो भूमिका खेलेको बताउनु बएको थियो ।

सो कार्यमा मधुमाया थापा, घनश्याम घिमिरे , प.पशुपति नाथ घिमिरे, निर्माण समितिका संयोजक राम भक्त घिमिरे ,वाड अध्यक्ष श्रीबहादुर थापा ,प्रमुख प्रसासकिय अधिकृत हरीराम नागिला ले आ-आफ्नो बिचार राखेका थिए। सो कार्यक्रम संचालन बसन्त उच्चै ठकुरीले गर्नु भएको थियो भने मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर वरै मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। देवीमा अलौकिक शक्ति भएको मन्दिरमा सतचण्डी पाठ ,रुद्री पाठ गरेको खण्डमा पानीको मुल पलाउन सक्छ त्यसैले देवी लाई भोकै राख्न हुदैन भनेर प.पशुपति नाथ घिमिरे ले बताउदा सो प्रस्ताव गापा अध्यक्ष माया देवी रानाले सम्बोधन गरेको केहि दिन मानै विगत ५ /६ वर्ष पछी ठुलो मुल लसुने पलाएरको ले दैवी शक्ति भएको प.पशुपति नाथ घिमिरे बताउनु हुन्छ ।