“लेउ खुकुरी लेउ ” बिष्णु भट्टराईको निर्देशनमा नबिन पौडेलको भस्टाचार बिरोधि गीत

स्कटनेपाल, देशमा अहिले मौलाउदै गइरहेको भ्रष्टाचार,,बेथिती र बलात्कारका घटनाहरुका बिरुद्धमा गायक नविन पौडेलको “लेउ खुकुरी लेउ” बोलको गीत सार्वजनिक भएको छ । समसमहिक र यथार्थपरक गीत गाउन अब्बल मानिने पौडेलले यस पटक पनी समयको माग अनुसारको कोशेली बजारमा ल्याएका छन् ।

गीतमा “जनजिबिका र शान्ति सुरक्षाको सवालमा देखिएको सरकारको उदाशिनतालाई उजागर गरिएको छ । देशको बागडोर समाल्न राष्टबादी, देशभक्त प्रेमी र सक्षम युवा नेतृत्वको आवश्यकता रहेको बताइएको छ । देशमा शुसासन, बिधिको शासन, शान्ति सु व्यवस्थाको अनिकाल परेकाले हुनाले देशको चलाउने सच्चा नेता र धर्तिपुत्रको खाँचो रहेको गायक पौडेल बताउँछन् ।

गीतमा शब्द संगीत र स्वर गायक नविन पौडेलको नै रहेको छ भने निर्देशन विष्णु भट्टराईको रहेको छ, भिडियोमा नबिन पौडेल , बिष्णु भट्टराई, परि शर्मा , कारण तुलाचन, सगुन शर्मा लगाएतको अभिनय देख्न सकिन्छा भने दृश्य निर्माण अविरल फिल्म्स ले गरेको छ मौलक लय र शब्दले सुसज्जित गीत सबैले हेरेर सुनेर साथ दिन गायक पौडेलले अनुरोध गरेका छन् ।

भिडियो |