कार्तिक २०७७ मासिक राशिफल – सबैको कल्याण होस् हेर्नुहोस !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) यो महिना तपाईका लागि सुर्यको गोचर सातौं भावमा हुनेछ । सातौं भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ। तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवन सुमधुर हुनेछ आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन। स्वास्थ्य अवस्था हेर्दा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ। व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु शुभ हुनेछ । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन। बिद्र्यार्थीले पढाइलाई माध्यम बनाएर अनुसन्धानात्मक कार्य गर्ने र छात्रवृत्तिका लागि प्रयास गर्नु शुभ हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ९, शुभ बार बिहीबार, शुभ रंग पहेंलो र शुभ दिशा पूर्व हुनेछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) यो महिना तपाईका लागि सूर्यको गोचर छैठौं भावमा हुनेछ। यो महिना तपाईका लागि उपयोगी छ, यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । यो खर्च बढ्ने महिना पनि हो । यो महिना तपाईका लागि शुभ अंक ६, शुभ बार शुक्रबार, शुभ रंग सेतो र शुभ दिशा दक्षिण रहनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) यो महिना तपाईका लागि सूर्यको गोचर पञ्चम भावमा हुनेछ । यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारको उन्नती र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा बिद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडी परिनेछ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गर्नु शुभ हुनेछ, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम जीवनमा उतारचढाव आउनेछ। आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ । यो महिना तपाईका लागि शुभ अंक ५, शुभ बार बुधबार, शुभ दिशा पश्चिम र शुभ सुन्तला हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) यो महिना तपाईंका लागि सूर्यको गोचर चौथो भावमा हुनेछ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ। सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । खासगरी पिता वा कार्यक्षेत्रका उच्च अधिकारी सित मनमुटाव र तिक्तता बढाउने अवस्था हुन सक्छ । यो महिना तपाईको स्वस्थ्य अवस्था हेर्दा हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्या आइलाग्ने सक्नेछ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । पतिपत्नी बिच घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइन सक्छ, तर पनि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउन सक्नेछ । यो महिना तपाईका लागि शुभ अंक २, सोमबार, शुभ रंग सेतोे, शुभ दिशा पश्चिम रहनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) यो महिना तपाईका लागि सुर्यको गोचर तृतीय भावमा हुनेछ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल, सामथ्र्य र हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिनरदिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो। परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्तहरू, देखि सतर्क रहने समय हो । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो महिना तपाईका लागि शुभ अंक १, शुभ बार आईतबार, शुभ रंग रातोे र गुलाबी, शुभ दिशा पूर्व रहनेछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) यो महिना तपाईका लागि सुर्यको गोचर दोश्रो भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक क्षेत्रमा ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने महिना हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले बिद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढाव चलिरहन्छ। यो महिना प्रेमसम्बन्ध झन प्रगाढ बन्दै जानेछ । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिन सक्छ। यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ सचेत रहनु उत्तम हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ५, शुभ बार बुधबार, शुभ रंग हरियो र शुभ दिशा दक्षिण रहनेछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) यो महिना तपाईका लागि सुर्यको गोचर शिरमा हुुनेछ । यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछन। आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ। त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ६, शुभ बार शुक्रबार, शुभ रंग सेतो र शुभ पश्चिम हुनेछ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) यो महिना तपाईका लागि सुर्यको गोचर बाह्रौं भावमा हुनेछ । यो महिना आर्थीक अवस्था सामान्य रहनेछ । यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । रुपैयाँपैसा चोरी हुने खतरा छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यसै समयावधिमा सँगीसाथीबीचमा खानपानमा खर्च बढ्न सक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यो महिना परिवार एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्न प्रयास गर्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । यो महिना तपाईका लागि शुभ अंक ९, शुभ बार बिहीबार, शुभ रंग सेतो र शुभ दिशा उत्तर हुनेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) यो महिना तपाईका लागि सुर्यको गोचर लाभ स्थानमा हुनेछ। तपाईंका लागि आशावादी, उत्साही र सकारात्मक समयको आगमन भएको छ । तपाईका इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन। तपाईं स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता को तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, दाम्पत्य प्रेमसम्बन्ध का लागि पनि उत्तम महिना हो । आय आर्जनका मार्गमा सुधार आउने छ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ त्यसैले पार्टनरको भावनालाई कदर गर्नुहोला । यो महिना बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे सतर्क भएर व्यावहार गर्नु आवश्यक देखिन्छ । यो महिना तपाईका लागि शुभ अंक ९, शुभ बार मंगलबार, शुभ रंग रातो र शुभ दिशा पूर्व हुनेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) यो महिना तपाईका लागि सुर्यको गोचर दशम भावमा हुनेछ । यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने महनिा हो । व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन कठिन हुनेछ । परम्परा र आध्यात्मिकतातर्फ सामान्य चासो बढ्न सक्छ । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ। मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ । यो महिना तपाईका लागि शुभ अंक १, शुभ बार शुक्रबार, शुभ रंग खैरो र शुभ दिशा दक्षिण हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) यो महिना तपाईका लागि सुर्यको गोचर भाग्य स्थानमा हुनेछ । पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हुनेछ । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने महिना छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पद्र्धामा सफल भइने छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । यो महिना पिता को स्वास्थ्यमा बाधा पुग्न सक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा बृद्धि हुनसक्छ । यो महिना तपाईका लागि शुभ अंक २, शुभ बार शनिबार, शुभ रंग निलो र शुभ दिशा दक्षिण हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) यो महिना तपाईका लागि सुर्यको गोचर अष्टम भावमा हुनेछ । स्वास्थ्य कमजोर हुने देखिएकाले सावधान हुनु राम्रो हुन्छ । यो महिना काममा विघ्न र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । अनायायसै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुन सक्छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन । पछाडि बसेर आलोचना गर्ने गोप्य रुपमा सक्रिय हुनेछन । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि बाधा हुनसक्छ । कार्यक्षेत्रमा उच्च अधिकारी हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन सक्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम नगर्ने समय हो । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउन सक्छ । त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । आफन्तका बीचमा नै विश्वासको कमी हुनसक्छ । तपाईंको मानसिक सन्तुलन बिग्रन सक्ने देखिन्छ। आफन्तका बीचमा राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुन सक्छ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ३, शुभ बार बिहीबार, शुभ रंग पहेंलो र शुभ दिशा उत्तर हुनेछ ।