‘जा+त+को प्रश्न’ कार्यक्रमको बिरोध किन?(भिडियो सहित)

दिपक बिसी, काठमाडौं। नेपालमा सदियौं देखि यौटा समुदाय सबै हिसाबले पछाडि पारिएको छ। गैर मानवको रुपमा त्यो समुदायले आफ्नो जीवन व्यतीत गरिरहेको छ।

२१ औं सताब्दीमा संसार टेक्नोलोजीको उच्च प्रतिस्पर्धामा अगाडि बढिरहेको बेला नेपालमा भने कथित सानो जात र कथित ठूलो जातको बीच बिहे गरेकै आधारमामा सिंगो समाज एक भएर तल्लो जातका भन्ने हरुको पासविक हत्या गरिन्छ, जातीय विभेद लिङ्गीय विभेद वर्गीय विभेद अन्त्यको लागि भन्दै नेपालमा ठुला ठूला सङ्घर्षहरु भए तर सङ्घर्षको परिणाम खासै विभेद अन्त्य भएको देखिन्न देखावटी रुपमा हाम्रो समाज धेरै परिवर्तन भय पनि भित्र भित्र जातको प्रस्‍नले यो समाज घिनलाग्दो तरिका बाट रुमल्लिएको देखिन्छ ।

बाहिर चिटिक्क हाम्रो यो समाज जातीय लिङ्गीय विषयमा फोहोरी दृष्टिकोण राख्छ पछिल्लो समय जातीय विभेद का घटनाहरू ह्वात्तै बढ्दै गइरहेको अवस्थामा यसको समुल अन्त्यको लागि भन्दै विभिन्न तरिकाबाट आवाज उठिरहे कै बेला नेपाली चलचित्रका महानायक राजेश हमाल प्रस्तोता रहेर कान्तिपुर टेलिभिजनबाट जातको प्रस्‍न भन्ने कार्यक्रम समय सान्दर्भिक र जातीय विभेदको विषयलाई जरै देखि केलायर समाधान खोज्‍न ठूलो टेवा पुग्ने गरी सञ्चालन हुँदै गर्दा अनावश्यक विवादमा परेको छ।

जो यो समाजमा समानता चाहँदैन त्यही तत्व यस्ता कार्यक्रमको बिरोधमा लागेको छ, जुन समाजमा महिलाले अधि कार पाउँदा दलित ले अधिकार पाउँदा समाज विघठन हुन्छ भन्ने सामन्तवादी सोच राख्छ त्यही यस्ता गतिविधिबाट झस्किएको देखिन्छ तसर्थ यो कार्यक्रमलाई लिएर कार्यक्रम अथवा राजेश हमालको जसले बिरोध गर्छ ती मान्छे होईनन् ती पशु हो तिनलाई समाज बाट बहिष्कार गर्नु पर्छ यदि सबै सामान हुँदा सामाजिक सदभाव खलबलिन्छ भने खलबालियोस् तर सबै सामान हुन पाउनु पर्छ नत्र भिषण सङ्घर्ष गर्नु पर्ने परिस्थती आएको छ।

जो जातीय विभेद चाहन्छ त्यसका बिरुद्द कठोर जातीय द्वन्द हुने देखिन्छ जो अनिवार्य विषय बन्दै छ मीठा सम्वृद्धिको कुरा गर्दै गर्दा घृणित सामाजिक विभेदले यो राज्यलाई कति पनि लाज नभएको देख्दा सरकार मान्छेहरुले नै चलाएका छन् भन्ने प्रश्न ले गिज्याइरहेको छ।