भेडा च्याङग्रा अनुगमन व्यापारीको गुनासो ! प्रहरीलाई पैसा नदीइ हीड्नै दीएनन | यस्तो छ मुल्यको अबस्था

दशैं नजिकिएसँगै गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्ब लक्षित अनुगमनलाई तिव्रता दिएको छ । चाडवाडको समयमा मूल्यवृद्धि हुनसक्ने भन्दै समितिले उपभोग्य वस्तुहरुको अनुगमनलाई तिव्रता दिएको हो ।

गण्डकी प्रदेश बजार अनुगमन समितिले दशैंकालागि पोखरामा ल्याइएका भेडा च्याङ्ग्रासँगै खसीबोकाको अनुगमन गरेको छ । पोखराको याम्दी, हेम्जा र खसीबजारमा रहेका जिउदा पशुचौपायाको अनुगमन गरेको छ ।

चाडपर्वमा बजारमा मासुको अधिक खपत हुने भएकाले मूल्यमा कालो बजारी हुन नदिन र उपभोक्तालाई स्वस्थलाई मध्यनजर गर्दै अनुगमन गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय पोखराका प्रमुख गोकुल शर्मा पौडेलले जानककारी दिनुभयो ।

उहाँले हिमालपारीका जिल्ला लगायत अन्य जिल्लाबाट पोखरामा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य कोरोना महामारीले गर्दा गत वर्षको तुलनामा केही बढेको भन्दै उपभोक्ताले हल्लाको पछि नलागि बुझेर मात्रै खरिद गर्न आग्रह गर्नुभयो । अनुगमनका क्रममा पोथी पशुचौपाया पनि ल्याएको पाइएकाले पोथी जातिकै मूल्यमा विक्री वितरण गर्न व्यापारीहरुलाई आग्रह गर्दै सोही प्रकारको अनुमति प्राप्त फ्रेस हाउसहरुले मात्र खरिद विक्री गर्न पाइने भन्दै अन्यथा भेटिए कडा कारवाही गरिने उहाँको भनाई थियो ।

भिडीयो सहीत ।