महामारीमा क्यालिफोर्नियामा बन्यो लघु चलचित्र ‘पुरानो चस्मा’

विजय थापा,डिसी । अमेरिकाका क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन । अमेरिकामा बसोबास गर्ने नव विवाहित नेपाली जोडीको कथा रहेको छ ।

जव उनीहरुका बुवाआमा अमेरिका भ्रमण गर्न आए पछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइकेल ,अनिल पाण्डे,बिनिता ढकाल,सरोज खड्का ,माया देवी कडरिया तथा निरु खत्री रहेका छन ।

चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् भने ध्वनि मिश्रण रिभेलेसन अडियो प्रालि ले गरेको छ । कथा/आलेख बिनय प्रसाद ढकालको रहेको च भने निर्देशन बिश्व शर्माको रहेको छ ।

अक्टोबर १६ ,२०२० का दिन लघु चलचित्र सार्वजनिक गरिएको छ भने चलचित्रको अवधि कूल १६ मिनेट ५१ सेकेन्डको रहेको छ ।

श्रब्यदृश्य हेर्न यहाँ थिच्नु होला :