दिमाग कमजोर हुन थालेको बुझ्नुपर्छ यी पाँच संकेत देखिए भने

दिमाग पनि शरीरका अन्य अंगजस्तै हो । यसलाई स्वस्थ र राम्रो अवस्थामा राख्नका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्छ । हाम्रो दिमागले ठीक तरिकाले काम नगर्दा वा कमजोर हुन थाल्दा हामीलाई केही संकेतहरू पठाउँछ । ती संकेतहरूलाई हामीले बेवास्ता गर्नुहुँदैन । पहिलो संकेत स्मरणशक्तिको ह्रास हो । त्यस्तो हुन थाल्यो भने दिमागी स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता बुझ्नुपर्छ ।

आवेग भएपनि ठीक काम गर्न नसक्नु- तपाईं आवेगमा काम गर्ने (इम्पल्सिभ) खालको व्यक्ति हुनुहुन्छ तर ठीकसँग काम गर्न सकिरहनुभएको छैन अनि काम गरेपछि पछुताउने गर्नुभएको छ भने तपाईंको दिमागले ठीक काम गरिरहेको छैन भनी बुझ्नुपर्छ । दिमागमा चोट लागेपछि यस्तो लक्षण देखिन थाल्छ । मनोभ्रंश एक शुरूवाती लक्षण हुन सक्छ । यी सबै स्थितिहरूले मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स (मस्तिष्कको सोच र निर्णय लिने भाग) को कार्यलाई प्रभावित गर्न सक्छ । यसमा ध्यान दिनुपर्छ ।

ऊर्जास्तर घट्नु- दिमाग स्वस्थ हुँदा उसले आफ्नो कामको आवश्यकताका लागि ऊर्जा उत्पादन गर्छ । तर हाम्रा केही खराब बानीहरूले यो ऊर्जालाई सिध्याइदिन्छन् । अति गुलियो, डब्बामा राखिएका प्रोसेस्ड खानाको अत्यधिक सेवन, अस्वस्थ बोसोयुक्त खानेकुरा, जाँडरक्सी अनि व्यायामको कमी जस्ता बानीले मस्तिष्कमा खराब असर पार्छन् ।

जतिखेर पनि तनावमा रहनु- जतिखेर चिन्ता पालेर बस्दा स्वास्थ्य बिग्रन्छ । धेर तनाव हुँदा शरीरले कार्टिसोल हर्मोनको उत्पादन शुरू गर्छ । यो हर्मोन लगातार बन्दा शरीर र दिमाग दुवैलाई खराब असर गर्छ । तपाईंमा यस्तो भइरहेको छ भने चिकित्सकसँग परामर्श गर्नुस् ।

जतिखेर पनि मूड अफ हुनु- जतिखेर पनि मूड अफ हुने वा लो फील गर्ने अवस्था आएमा तपाईंको दिमागले थप सहायता खोजेको संकेत दिन्छ । यसलाई सुधार्नका लागि चिकित्सकको परामर्श लिनुस् । मूड ठीक भएमा स्वस्थ हुनुहुनेछ ।

दश वर्ष पुरानो कुरा याद नरहनु- उमेर बढ्दै जाँदा स्मरणशक्ति हराउँदै जान्छ र समस्या बढ्छ । तपाईंको दिमाग स्वस्थ छ भने निकै पुराना कुरा पनि सम्झिन सक्नुहुन्छ ।