सम्पूर्ण शरीरका अंगलाई फाइदा पुराउने फल

हुनत अहिले बेलको सिजन होइन । यो प्राय चैत/बैशाखमा पाउने गरिन्छ । तर कतिपय स्थानमा अन्य समयमा पनि बेमौसमी वा स्टोर गरेको बेल पाउने गरीन्छ ।

बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण अंगलाई फाइदा पुर्याउँछ । अझ चैत बैशाखको गर्मीमा त यसको फाइदा बढि प्राप्त गर्न सकिन्छ । बेलको सेवनले पेटसम्बन्धी रोग भएका मानिसलाई अत्यधिक लाभ पुर्याउँछ ।

बेलमा कार्बोहाइडेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, क्याल्सियम, पोटासियम, फाइबर र क्यालोरी पाइन्छ । यस अलावा बेलमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण पाइन्छ । बेललाई बिहान खाली पेटमा पानीमा मिसाएर खान सकिन्छ । यस बाहेक अन्य समयमा समेत यसको सेवन लाभदायी हुन्छ ।

फाइदा – शरीरको विकार रगतलाई शुद्धीकरण गर्न बेलको सेवन उत्तम मानिन्छ । – कानको समस्या भएकाहरुका लागि बेल गुणकारी फल हो । – पेटसम्बन्धी रोग, अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ । – युरिक एसिडमा पनि बेलको सेवनले फाइदा पुर्याउँछ । – सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका काँडा बनाई खाएमा पेटको रोग ठीक हुन्छ । – अमिलो पानी आउने, चिया खानै नहुनेले बेलको काँडा खाए पित्तको रोग ठिक हुन्छ । – पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ।