प्रशान्त कुमार गौडेलको निर्देशनमा “भेदभाव” सार्वजनिक (भिडियो सहित)

नेपालीहरुको महान पर्व दशै र तिहार नजिकिदै गर्दा दशै तिहार सम्बन्धि भिडियोहरु हरेक दिनजसो दर्जनौं युट्युब च्यानलहरुमा आइरहेका छन । रुपन्देहीको देवदहका युवा प्रशान्त गौडेलले पनि लकडाउनको समयलाई सदुपयोग गरि विभिन्न भिडियो निर्माण गरि रहेका छन । यसै क्रममा गौडेलले दशै बिशेष मार्मिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

भेदभाव नामक सर्ट मुभी सार्वजनिक गरेका हुन । जसमा लकडाउनको समयमा गरिबले कसरी दशै मनाउन सक्छन भनि छोटो कथामा यथार्थ प्रस्तुत गरेका छन । जसमा सलिना बुर्जा मगर, नम्रता केसि, शिला तामाङ, शितल बुर्जा मगर, उषा बस्याल, कमल थापा काजी, रमेश भण्डारी, प्रबेग गौडेल, किरण अधिकारी तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ । कथा लेखन प्रेम कला पाण्डेको रहेको छ भन्ने छायांकन,निर्माण तथा निर्देशन प्रसान्त कुमार गौडेलले गरेका छन । भिडियो हेर्नुस् |