मदन भण्डारी स्मृति प्रतिष्ठानका छात्रामाथि प्रहरीको दु,’र्व्यवहार (भिडियो )

उर्लाबारी । जननेता मदन भण्डारीको नामबाट संचालित मदन भण्डारी स्मृति प्रतिष्ठानमा प्रहरीले दुर्व्यवहार गरेकाे छ । १९ गते सोमाबार प्रतिष्ठाको कक्षाकोठामा आत्माहत्या गरेका कर्मचारी मुक्तीनाथ दाहालको सत्य तथ्य अनुसन्धान गर्न माग गर्दै विध्यार्थी आन्दोलन गर्दै आएको छ । आईततबार विध्यार्थीले कार्यकारी अधिकृत विनोद अर्याल र अध्यक्ष गुरु बरालको राजिनामाको माग गर्दै प्रसासनमा ताला लगाउन प्रतिष्ठान पुगेका थिए ।
प्रतिष्ठानमा पुगेका विध्यार्थी माथि ईलाका प्रहरी कार्यलय उर्लावारीका निरिक्षक उद्धव पोख्रेल सहितको टोलिले दुब्र्यबहार गरेको छ । शान्तिपुर्ण आन्दोलन गर्दै प्रसासनमा ताला लगाउन पुगेका विध्यार्थीलाई प्रहरीले हस्तक्षेप गरेपछी विध्यार्थी र प्रहरी बिच झडप भएको थियो ।

छात्रा बिध्यार्थी माथी प्रहरीले दुर्व्यवहार गरे पछि विध्यार्थीले प्रतिष्ठानको तल्लो गेटमा तोडफोड गरेका छन । प्रहरीले हस्तक्षेप गरेपछी विध्यार्थीले प्रतिष्ठानको तल्लो पटिको गेट फोडेर प्रसासन पुगेर ताला लगाउनखोज्दा छात्राहरुमाथी प्रहरीले दुब्र्यबहार गरेका हुन ।

आान्दोलनरत बिध्यार्थी र प्रहरीबिच पटक पटक झडप भएको थियो भने प्रतिष्ठानका पधाधिकारीहरु कोहि पनि निस्किएन्न । मोरङको उर्लावारी ३ मा मुख्यालय रहेको प्रतिष्ठानको झापाको दमक नगरपालिका ४ ताराबारीमा संचालित बहुप्राविधिक शिक्षालयमा प्रतिष्ठानका प्रशासन तथा लेखा प्रमुख मुक्तिनाथ दाहालले सोमबार कक्षा कोठामा झुण्डिएर आत्महत्या गरेका थिए ।