सुन्दरको अभिनयमा श्रद्धाञ्जली सार्वजनिक

चितवन : चितवने युवा नेता सुन्दर डल्लाकोटीले दोश्रो पटक अभियन गरेको नयाँ मार्मिक भिडियो रिलिज भएको छ । यसअघि माईतीको देशैमा बोलको निकै मौलिक र मार्मिक परिवेशमा तीज गीतमा उनले अभिनय गत गरेका थिए । जसका कारण उनको अभिनयको सबै ति चर्चा सुरु भएको थियो । नयाँ गीत श्रदान्जली सार्वजनिक भएसगैँ विशुद्ध नेपाली मौलीकता गीतमा पहिलो पटक अभिनय गर्दा भन्दा यो पटक थप उत्साहित छु सुन्दर डल्लाकोटीले भने, मेरो नयाँ परिचय थपिनेछ । चर्चीत गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीतमा सुनिल मास्केको संगीत रहेको छ । गीतको लेखन अर्जुनरत्ना भिकारीले गरेका हुन् ।

गीत ओराएस डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरेको हो । पन्चामृत अल्बम नाम दिइएको गीतको बोल तिम्रा ति झुटा मायाका यादहरू केही त लिएर जाउ पछी भेट होला नहोला आजै श्रद्धाञ्जली दिएर जाउ लगायत रहेको छ । डल्लाकोटीले स्वर्गीय हजुरबुबा नरबहादुर डल्लाकोटी प्रति गीत समर्पित गरेका छन् । डल्लाकोटी पूर्व जनमुक्ति सेना समेत हुन् ।

गीतको छायांकन लकडाउनकै विचको चितवनको विभिन्न रमणीय स्थलहरुमा गरिएको थियो । विशेषगरी प्रेममा विछोडको पीडालाई सम्बोधन गर्न खोजेको उक्त भिडियोको निर्देशन अनुराग ठकुरीले गरेका छन् भने भिडियो एरेन्ज प्रदिप श्रेष्ठले गरेका छन् । मोडल सुन्दर डल्लाकोटीको यो दोस्रो गीत हो ।

चितवनका युवा कलाकार सुन्दर डल्लाकोटी, इन्दु र लेखनाथको अभिनय रहेको यस म्युजिक भिडियो अनुराग ठकुरीको निर्देशन र म्युजिक भिडियोको छायांकन सुरज खनालले गरेका हुन्।