माइती पक्षले ह,’त्या गरेको दाबीसहित किटानी जाहेरी दिएको….

माइती पक्षले ह,’त्या गरेको दाबीसहित किटानी जाहेरी दिएको यो प्रकरणमा सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहन मुद्दामा अभियोग दर्ता गरेको छ । प्रहरीले अनुसन्धान पुरा गरि मिसिल बुझाए पछि आज (आइतबार) सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुनसरीमा ४ जना विरुद्ध अभियोग दर्ता गरेको हो । सरकारी वकिल गोकुल निरौलाका अनुसार शारीरिक, मानसिक यातना दिएर आ’त्म,’हत्या गर्न दुरुत्साहन गरेकोमा अभियोग दर्ता भएको छ । ‘आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको मुद्दामा अभियोग दर्ता भएको छ,’निरौलाले भने ।

सरकारी वकिल निरौलाका अनुसार अस्पतालबाट पोष्टमार्टम रिपोर्ट पनि मृ’त्यु’को कारण झुण्डिएर भन्ने उल्लेख गरेको छ । त्यसअनुसार पनि कर्तव्य ज्यान मुद्दामा अभियोग पत्र दर्ता गर्न नमिल्ने उनको भनाई छ । ‘डाक्टरको रिपोर्टमा नै प्रष्ट झु’ण्डिएको भन्ने छ,’उनले भने,‘भोली सोमबारदेखि प्रतिवादीहरुको वयान शुरु हुन्छ । त्यसपछि मात्र थुनछेक बहस हुन्छ ।’

गत भदौ २२ गते बिहान धरान ११ स्थित घरमा सुनिहाङ्माको मृ’त्यु भएको थियो । आफ्नै कोठामा पंखामा सलले पा’शो लगाएर आत्म’हत्या गरेको परिवारको दाबी छ । तर, प्रहरी र जनप्रतिनिधिहरु पुग्दा भने एक छिमेकी युवती र देवरले पाशोबाट झिकेर उनको शव खाटमा राखिएको थियो । त्यसैले माइती पक्षले हत्या आशंका गर्दै श्रीमान आइत माबोसहित ५ जनाविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा मृत’कको ससुरा, देवार र २ जना आमाजुसहित ४ जना पक्राउ परेका थिए । मृत’कका श्रीमानका परिवारले भने ह’त्या नगरेको र बुहारी बाच्छिन् कि भन्ने आशामा पाशोबाट झिकेको बताउदै आएका छन् ।मृ’तक सुनिहाङ्माको करिब ३ महिना अघि मात्र आइत माबोसँग विवाह भएको थियो । आइत सिंगापुरे लाहुरे हुन् । उनी अहिले पनि सिंगापुरमा नै छन् । विवाह अघिको प्रेम सम्बन्धलाई लिएर मानसिक तनाव दिने गरेको माइती पक्षको आरोप छ ।