अमेरिका बाट सत्याग्रही डाक्टर साव लाई अपिल ।

दीपक पन्त मिल्वाकी , अमेरिका
जन्म पछि मृत्यु शास्वत: सत्य हो , हरेक मानिसले आफ्नो जीवन चक्रमा सुख: चयन ,आनन्द का अलावा प्रसंशा वा पहिचान स्थापित गर्न हर हमेसा लालायित रही प्रयत्नशील रहन्छ।कर्म र भाग्य को डोरीले को कति सफल हुन्छ ? त्यो बेग्लै पाटो हो।अब प्रश्न उठ्छ यी त्यागी ,सत्याग्राही डाक्टर गोविन्द के.सी यी सबै कुराको प्राप्ति पछि पनि के का लागि हरेक बर्ष मृत्यू बरणको घुम्टो ऒड्न प्रयत्नशिल हुन्छन ? हरेक दर्शन,बिचार साधन हो अन्तिम साध्य होइन । उहाँ कोनिस्कलंक निस्वार्थ बिचारको जग हल्लाउने सामार्थ त राज काज समालेका सत्ताधारी सँग त भएन भने अरुको के कुरा गर्नू ? आमरण अनसनको १९ पटक सम्म आइपुग्दा नेपालका हरेक मुख्य राजनीतिक पार्टीले सरकार संचालन गरेका र त्यो सरकार सँग डा. केसीका माग हरुका सम्बोधनका लागि सहमतिहरु भएका छन् ।तर खै ? राजनैतिक चरित्र र सादगी चारित्र को फरक यहि निर देखिन्छ ? राजनीतिमा जो देखाइन्छ वा बोलिन्छ त्यो गरिदैन।सादगिमा जो अन्तर आत्माले भन्छ ,त्यो गरिन्छ।नत्र राजनैतिक इमान्दारिता कुनै पनि एक पार्टीमा हुन्थ्यो भने डा. केसी को अनसन यात्रा सगरमाथा यात्रा गणना झैँ गणना गर्ने दिन पक्कै आउने थिएन ।

यो सबै ध्रिष्टांत हरेक सचेत नेपाली नागरिकले बुझी सकेका छन।त्यसैले जीवनको उत्तरार्धमाआफू भित्र रहेको आत्मालाई बाल हट झैँ ,भोजन त्यागेर ब्रम्हलिन हुन् नखोज्नुस डाक्टर साब।तपाइले अरुलाई न्याय दिन खोज्दा आफ्नै आत्मालाई अन्याय गरि रहनु भएको छ ।जुन उदेश्यका साथ तपाइले आमरण अनसनको बाटो रोज्नु भयो त्यो बिषयमा जनताले बुझी सके।तपाइको पवित्र उदेश्य र भावना ।अझ यो कोरोंना कहरमा निजि अस्पतालहरुले देखाएको रबैयाले त् तपाइका बिचार कति महान र दुरगामी। दुरदर्शिता रहेछन भन्ने कुरा घाम जस्तै छर्लंग भएको छ।त्येसैले अब हट त्यागि दिनुहोस्।तपाइले जुन बिषय उठान गर्नू भएको थियो त्यो कुराको गाम्भीर्यता ,आबस्यकता को महशुस हरेक नेपाली जन जीवनले गरि सकेको छ । किनकी तपाइँ विचारक हो ,चिन्तक हो ,कार्वान्यन कर्ता हॊइन । त्यो कुरा नेपाली जनताले राम्ररी बुझेका छन । तपाइको दुरदर्शिता ,सादगी बिचार र निष्ठा को जन भार सगरमाथा जस्तै उचों भै सक्यो डाक्टरसाब।अव तपाइको बृद्द जिर्ण शरीर माथि थप अन्याय नगर्नुहोस्।

संसारका हरेक राज्य शक्ति वा तानासाह हरु सँग जुध्न जुन मनोबल र इच्छा शक्ति चाहिन्छ त्यो याहाले शिद्द गरि सक्नु भयो।केहि महिना अगि मात्र टर्कीको बरिष्ठ वकिल तथा मानबधिकार कर्मी इब्रु तिमटिक ले आफ्नो आमरण अनसन कै कारण ४२ बर्षको कलिलो उमेर मा नै जीवन गुमाउनु पर्यो।ग्रीक महान दार्शनिक सुकरातले हेम्लक नामक बिष सेबन गर्नु पर्यो।त्यसैले याहाले साध्य बन्ने प्रयत्न नगर्नु होला। त्यो जिम्मा जनाता लाइ छोडिदिनु ।आज नभए भोलि ,भोलि नभए पर्सी ,पर्सी नभए अझै पछि त्यो दिन पक्कै आउछ।जसरि हामी सुकरात लाइ सम्झन्छौ त्यसरी नै तपाइँ लाइ भोलिका पुस्ताले सम्झने छ।याहाँको बिचार को जित भइ सक्यो ।तपाइँ र तपाइकाआदर्स हरु सही नभएको भए किन हरेक पल्ट निर्लज्य ढंग बाट सरकारले सम्झौता गर्छ त् ? पूरा नगर्ने त् त्यो राजनीति धर्म हो ।यसको फैसला नेपाली जनताले गर्नु पर्छ गर्नेछन।तपाइँ एक्लैले त्यो भार थेग्ने कस्ट नगर्नू होला ।जनताले बिस्तारै व्यक्ति फेर्लान,नभए पार्टी फेर्लान त्यो बाट नि साध्य प्राप्त नभए ब्यबस्था नै फेर्नेछन।बिषयहरु उठान भइ सके पछि त्यो कुराको अन्तिम निर्णयको जिम्मा गतिशील समयलाई छोडिदिनु होला।अन्यथा यी बिगत र बर्तमान सम्म का शासकको रबैया हेर्दा सबैले तपाइको लास माथि ढोगी गुच्छाहरु चढाउन मखमली र सयपत्रीका बगानहरू लगाई सकेका छन । अकल्पनीय ढंग बाट लोड सेडिंग मुक्त गरि सफल ब्यबस्थापक भएका कुलमान को त् पदावधि थपका लागि हरेक नेपाली जनताले आबाज उठाई रहेका छन् । तर खै ,यो र त्यो बहानामा पुन र्नियुक्ति गरिएको छैन।जनताका ध्यान कति बेला अर्को बिषयमा जाला र आफु अनुकुलको ब्यक्ति ल्याउला भनि राज्य कुरी बसेको जो कसैलाइ थाह छ । बरिष्ठ राजनैतिक विश्लेषक डा. सुरेन्द्र केसी को बिचारमा नाता ,पैसा ,ब्यबिचार र अन्तरास्ट्रिय दबाबको कसीमा नपर्दा कुलमान को पुन र्नियुक्ति पेण्डिङ्ग गरिएको हो । त्येसैले डाक्टर साब तपाइको सत्या ग्रह पनि यिनै अदृस्य कुरा हरुको समायोजन हुन् नसक्दा सम्बोधन हुन् नसकेको वा सम्बोधन भएर पनि पुरा गर्न नसकेको हो।अत: इस्वरिय सृष्टि जन्म।मृत्यू लाइ बाल हट नबनाउनु होस् ।तपाइँ हरेक नेपाली को मन मस्तिस्कमा बसी सक्नु भयो । अब पालो समयको प्रतीक्षा गर्नुहोस।नयाँ बिहानीको ।

इब्रु र सुकरात मृत्यू पर्यान्त संसार भर चिनिए तर तपाइँ अहिले नै संसार भर फैलि सक्नु भएको छ डाक्टर साब।तपाइले अब सिता माताले जस्तो धर्तीमा लिन भै सत्यता प्रस्ट्याउनु पर्दैन केवल प्रतीक्षा गर्नुहोस समयको, तपाइको जीवन कालमा नै तपाइका बिचार ले मुर्त रुप लिएको देख्न पाउनु हुनेछ । तेसैले जीवन त्यागेर हैन जीवन बचाएर प्रतीक्षा गर्नुहोस । हजुरको स्वास्थ्य लाभ को शुभ कामना ।

दीपक पन्त

मिल्वाकी ,अमेरिका

अक्टोबर , २०२०

— इनेप्लिज