एकै पटकमा यी महिलाले जन्माइन ५ छोरा छोरी, भाग्यमानी भए भन्दै बुवाआमा मिडियामा, नेपालमै पहिलोपटक भयो यस्तो अचम्म

काठमाण्डाै | कहिलेकाही यस्ता कुराहरु सुन्दा अचम्म लाग्छ भने नजिकबाट हेर्दा त झन् चकित नपर्ने त कुरै भएन | नुवाकोटकी २८ वर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत निकालिएको हो । शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिङ्देन सहभागी हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा. मुकेश कुमार हुनुहुन्थ्यो ।

उहाँले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिनुभएकाे हाे । अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्रका अनुसार तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उहाँका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । ‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन’, उहाँले भन्नुभयो, ‘अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’ डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु बिरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् ।
हेर्नुहोस आमा बुवानै मिडियामा आएर यस्तो भनेका छन् |