नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति ‘मस्का’ भिडियो सार्बजनिक (भिडियो सहित)

काठमाण्डौं, नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति ‘मस्का’ भिडियो सार्बजनिक भएको छ ।

हरेक जसो गितमा आफ्नो फरक प्रस्तुति लिएर दर्शक श्रोतामाझ चर्चा कमाएकी गायिका तथा मोडल प्रिती आलेका तिज गितले पनि यसपाली राम्रै तहल्का पिटेका थिए ।

निर आलेमगर र मिना निरौलाले स्वर दिएको ‘मस्का’ अलि फरक शैलीको दोहोरी ब्याटल हो । अहिलेको युवा पुस्तालाई मध्यनजर गर्दै बनाईएको उक्त गीतको भिडियो निर्देशन चर्चित डिरेक्टर शंकर बिसीले गरेका छन ।

मस्कामा प्रिती आले, निर आले, बालकलाकारहरु प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन भने उक्त गीतको शब्द संगीत तथा एरेञ्जर याम थापाको रहेको छ । कृयशन अफ दि इयर युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो ।

भिडियो यहाँ हेर्नुस: