बिन्दु परियारको गीतमा नाजिरसँग जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सीको रोमान्स

काठमाडौ । गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है ‘ को भिडियो सार्वजनिक भएको छ । एकनारायण भन्डारीको शब्द शृजनामा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा आफ्नो सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सि खतिवडा साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेनको अभिनय गज्जब सुहाएको छ ।

सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समर कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् ।

निकै रमाइलो र सुन्दर यस म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ । गायिका परियारले यसअघि पर्ख पर्ख मायालु , पहिलो नम्बरमा लगायतका लोकप्रिय गीतमा स्वर भरेकी छिन् ।