‘जाली रुमाल…’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाण्डौं १५ असोज । चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भीम बिष्टको शब्द संगीतमा तयार पारीएको गीतमा गायक वीरेन्द्र श्रेष्ठलाई सुमधुर स्वरकी धनी चर्चित लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् ।

चर्चित नृत्य निर्देशक कोरियोग्राफर गंभीर बिष्टको निर्देशन रहेको भिडियोमा पल शाह र रियासा दाहाल तथा क्रिउ कार्टुन क्रिउका सरोज र आश्माको जोडीको रमाइलो नृत्य गरेको देख्न सकिन्छ ।

लकडाउनको कारण खाली रहेको अवस्थामा याक एण्ड यति होटेलमा दरबारको झल्को आउने सिनमा पल, सरोजलाई युबराजको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा नवराज उप्रेतीको छांयाकन नबिन रिजालको सम्पादन रहेको छ ।