केपी ओलीले मनलाग्दी गरे,नेपाली हुनुमा धिकार छ भन्दै मिडियामा उफ्रिए प्रेम कैदी,युवराजमाथि मुद्धा

केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो तथा सम्भवतः अन्तिम कार्यकालको मध्यविन्दूमा छन् । यस्तो लाग्दैछ कि उनी आप्mनो दोस्रो कार्यकाललाई बिर्सन लायक बनाउन कुनै कसर छाड्नेवाला छैनन् ।कुनै पनि लोकतान्त्रिक सरकारका लागि सबैभन्दा आधारभूत मान्यता हो, जनमतको कदर । तर, प्रधानमन्त्री ओलीले नेतृत्व गरेको वर्तमान सरकार जनमतको अनादर र अपमान गर्दै अघि बढिरहेको छ ।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट विदा गर्ने, वामदेवलाई राष्ट्रिय सभामा लैजाने र डा. युवराज खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने सरकारका पछिल्ला तीन कदम जनभावना विपरीत छन् । यही कारण होला ओली माथी यो बेला ठुला व्यक्ति नै खनिएका छन भने उनको कदमलाई खुलेर बिरोध गर्दै जनता हुनुमा धिकार गरेका छन।हेरौ यो भिडियो :