समृद्द नेपालको शिक्षा प्रणालीकोलागि सूचना प्रबिधिले थप्यो एक नयाँ आयाम

रुद्र ढकाल (हलोवाला) लिभरपुल।

बेलायतबासी एक नेपाली सफ्टवेयर ईञ्जिनियरले आफ्नो मातृभूमिकोलागि भनी एक शक्तिशाली “ओपन-स्टप अन्लाईन पोर्टल” को बिकास गरेकाछन्। निकै मिहिनेतका साथ् बिकास गरिएको उनको यस सूचना प्रबिधि प्रणालीले नेपालको समग्र शिक्षा प्रणालीलाई छिटो, छरितो, विश्वसनीय र भरपर्दो तरिकाले टेवा पुर्याउने बुझिएको छ।

ईन्टर्याक्टिभ तथा डाईनामिक सुबिधा उपलब्ध त्यस पोर्टलको सर्च प्रणालीप्रयोग गरी नेपालका विभिन्न बिश्वबिद्यालय र बिद्यालय मातहतका कलेज र स्कूलहरुका डाटाहरुलाई क्षणभरमै खोजेर घरबाटै फर्म भर्न सकिन्छ। अब उप्रान्त यो वेबसाईटको माध्यमबाट देशका कुनाकाप्चामा रहेका बिद्यार्थीहरुलाई निकै राहत मिल्ने भएको छ। 

कोरोनाको अस्तव्यस्तताका बाबजूद बिकास गरिएको यस प्रणालीले बिद्यार्थीहरुलाई मात्रै नभई अब देशभरका शिक्षण संस्थाहरुका कर्मचारीहरुलाई पनि निकै सजिलो हुने जनाईएको छ। उक्त वेबसाईटको माध्यमबाट यसै बर्षको शैक्षिक सत्र देखि विभिन्न कलेज र स्कूलहरुका कर्मचारीहरुको साथै देशभरका सम्पूर्ण बिधार्थीहरुले सही सदुपयोग गर्दै लाभ लिन सक्नेछन्। 

“स्टुडेन्ट एड्मिशन म्यानेजमेन्ट सिस्टम अर्थात् Student Admission Management System (SAMS) को नामले “gotosams.com” को डोमेन नेममा रजिस्टर भएको उक्त वेबसाईटले नेपालका विभिन्न बिश्वबिद्यालय र बिद्यालय मातहतका स्कूल तथा कलेजहरु र तिनले उपलब्ध गराउने शैक्षिक प्रोग्रामलाई एकैठाउँमा एकीकृत गर्दै अब एउटै केन्द्रिकृत पोर्टल तथा प्लेटफार्ममा नै “Admission Management” को सुबिधा दिनेछ। 

उनले बिकास गरेको उक्त डाईनामिक पोर्टलको सर्च ईञ्जिनले बेलायतको युनिभर्सिटी गेटवे सिस्टम “युकास UCAS” ले जस्तै नेपाल भरका शिक्षण संस्थाहरुको डाटाहरुलाई सेकेण्ड भरमै खोजेर सबै बिद्यार्थीलाई नि:शुल्क फर्म भर्ने अबसर दिनेछ। बेलायतको युनिभर्सिटीहरुमा कुनै पनि विद्यार्थीले आबेदन फाराम भर्न चाहे UCAS को अति नियन्त्रित प्रणालीको आईटी सिस्टममा गएर तोकिएको फर्म्याटमा तोकिएको समय भित्र शिल्शिलाबद्द तरीकाले आबेदन फारम भर्नु पर्ने सिस्टम छ। 

यस्तो सुरक्षित आन्तरिक अन्लाईन प्रणालीबाट नै बेलायतका विभिन्न बिश्वबिद्यालयहरुले विभिन्न संकायका कोर्षहरुकोलागि आबेदन फाराम प्राप्त गर्ने गर्छन्। त्यस्तै बिद्यार्थीहरुलाई पनि भर्ना हुनुभन्दा अगाडि विभिन्न युनिभर्सिटीहरुका धाउँदै ती बिश्वबिद्यालयहरुका सम्बन्धित विभाग तथा प्रशासनका फाँटहरुमा चाहारिरहनु नपर्ने हुन्छ। 

नेपालको यस बिकसित अन्लाईन फारम प्राणालीले पनि बेलायतकै शिक्षा प्रणालीको शैलीमा काम गर्ने जनाईएको छ। तथापि उक्त सर्च ईञ्जिनलाई सिधै प्रयोग गरी हेर्दा युकेको युकास UCAS प्रणालीको वेबसाईटले भन्दा अझै प्रभाबकारी र बहु-आयामिक किसिमले काम गर्न सक्ने क्षमता बोकेको पाईयो।  

विदेशबाट आईटीमा उच्च शिक्षा हाशिल गरी, बेलायत लगायत विभिन्न देशका ठूला कम्पनीहरुमा एक दशक भन्दा बढी लामो ब्यबसायिक सफ्टवेयर ईञ्जिनियरको अनुभब संगाली सकेका नेपाली आईटी एक्स्पर्ट (प्रबिधि बिशेषज्ञ) ले बिकास गरेको यस ग्रीन फर्मशैक्षिक आबेदन प्रणालीमा नेपालको विभिन्न बिश्वबिद्यालयहरुको क्याम्पस तथा कलेज र स्कूलहरुमा पढ्न ईच्छुक परिपक्क बिद्यार्थीहरुलाई निकै नै सजिको हुने भएको छ। 

यस बिकसित प्रणाली (सिस्टम)ले स्कूलका बिद्यार्थीहरुको निम्ति भने तिनीहरुको अभिभाबकहरुले फर्म भरिदिन सक्ने गरी फरक किसिमको निमित्त फर्मको ब्यबस्था गरेको छ।   

अब उप्रान्त नेपालका कुनै पनि संकायका क्याम्पस तथा स्कूल र हाई-स्कूलहरुमा पढ्न चाहने बिद्यार्थीहरु या आफ्ना छोराछोरीहरुलाई ती शैक्षिक संस्थाहरुमा पढाउन चाहने अभिभाबकहरुले ईन्टरनेटको माध्यामबाट “गो टू साम्स डट.कम” को यो लिंकमा https://www.gotosams.com/courses मा गएर आफूले खोजेको शिक्षा प्रदायक संस्थाहरुलाई खोजी आफ्नै घरबाटै सिधै आबदेन फर्म भर्न सक्नेछन्। त्यस्तै यो प्लेटफार्मलाई प्रयोग गर्दै नेपालका विभिन्न शैक्षिक संस्थाहरुले पनि देशविदेशका कुनाकाप्चाहरुमा छरिएर रहेका सम्भावित बिद्यार्थीहरुबाट अन्लाईन बाटै सुरक्षित तवरले आबेदन फर्मको डाटाहरु लिन पाउने भएकाछन्।  

Software as a Service (SaaS) पद्दतिमा बिकास गरिएको उपरोक्त डाईनामिक सर्च ईञ्जिनको सुविधा भएको वेबसाईटमा नेपालका कुनै पनि कुनामा बस्ने नेपाली बिद्यार्थीहरुले आफूले चाहेको स्कूल तथा बिश्वबिद्यालयका कलेजहरुमा आफूले चाहेको विभिन्न बिषय र संकायका कोर्षहरु क्षणभरमै खोज्न र रोज्न सक्नेछन्। यसकोलागि उनीहरुले बिहान बेलुका या राती २४ सै घण्टा आफ्नै समयमा आफ्नो स्मार्ट मोबाईल फोनबाटै सम्बन्धित स्कूल या कलेजहरुकोलागि आफूले चाहेको कोर्षमा फारम भरी आबेदन गर्न सक्नेछन्। 

अहिले कोरोनाको त्रासको कारण देशैभरका स्कूल र कलेजहरु बन्द भईरहेको अबस्थामा यो प्रणालीलाई निकै प्रभावकारी तथा अति उपयोगी मानिएकोछ। यसो गर्दा एकातिर सम्बन्धित कलेज या बिद्यालयहरुको प्रशासनिक खर्च जोगिने र अर्कोतिर तिनीहरुको कार्य क्षमतामा धेरैगुणाले बृद्दी हुनेछ। त्यस्तै भविष्यमा यो प्रणालीले कोभिड-१९ या कोरोना जस्तै अन्य सरुवारोगहरुको जोखिमबाट समेत बिल्कुलै बचाउने देखिन्छ। 

परम्परागत रुपले हातैले कागजी फारम भर्दा र कागजकै फोटोको प्रयोग गर्दा, धेरै समय लाग्ने, धेरै नै दौडधूप गर्नुपर्ने मात्रै नभई प्रत्यक्ष कोरोना सर्ने डर पनि प्रसस्तै रहेकोमा अब यो प्रणालीको “ग्रीन फर्म” प्रबिधिले भने देशभरका बिद्यार्थीहरुको आवतजावत गर्ने समय र खर्चमा समेत बचत हुनेछ। त्यस्तै फर्म भर्नकैलागि भनेर विभिन्न फोटो स्टूडियोहरुमा घण्टौं कुरेर फोटो खिचाउने खर्च पनि जोगिने भएकोछ। त्यसमाथि नेपालमा बेलाबेलामा भईरहने लोडसेडिंगको मारमा बिजुली बत्ती जाने र फोटो धुने र फोटोकपी सेवाहरु समेत बन्द हुने हुँदा ती सेवाहरुलाई कुरेर बस्ने पट्यारलाग्दो समय र झन्झटिलो खर्च समेत जोगिने भएको छ। 

त्यसरी नै फोटोकपि गर्दा प्रयोग हुने महँगो बिजुलीको बिलको भारबाट जोगिने मात्रै नभई अबदेखि महँगो फोटोकपी मेसिन खरीदको पैसा र ती फोटोकपी मेशिनहरुमा प्रयोग गरिने महँगो कागज समेत जोगिने र ती मेशिनहरुबाट नियमित रुपमा उत्सर्जन हुने कार्बनडाईअक्साईडबाट समेत पृथ्बीलाई जोगाउन सकिन्छ। 

यसरी प्रविधिको प्रयोगले एकातिर कालान्तरमा पृथ्बीको ईको-सिस्टम तथा बाताबरणको समेत सुरक्षा गर्न सकिन्छ भने अर्कोतिर फोटोकपी गर्न र फोटो खिच्न/खिचाउनकोलागि खेर जाने जनशक्ति र हातले फर्म भरिरहने झन्झट आदि समेत कम हुन्छ। यस प्रबिधीमा बिद्यार्थी र स्कूल तथा कलेजहरुको डाटाहरु समेत सुरक्षित हुने हुनाले सिधै विद्युतीय माध्यमबाट फाईल म्यानेजमेन्ट तथा चाहेको डाटाहरु सुरक्षित तवरले ट्रान्सफर गर्दै विद्युतीय कारोबारको प्रोसेसिङ् समेत गर्न सकिन्छ। 

यस गोटू साम्सप्लेट फार्म मार्फत बिद्यार्थी तथा अभिभाबकहरुले कुनै एउटा क्याम्पस तथा बिद्यालयमा एकचोटी फारम भरिसकेपछि कुनैपनि अर्को नयाँ बिद्यालयमा फाराम भर्न चाहेमा, पहिले नै भरेको फर्मको कपि “gotosaams” को डाटा सर्भरमा नै सुरक्षित हुने हुनाले लग-ईन सिस्टममा गएर आफ्नो पुरानै विवरणलाई पु:न प्रयोग गर्दै अर्को संस्थाकोलागि फर्म भर्न समेत सकिन्छ। यसो गर्दा बिद्यार्थीहरुले बिषय अनुसारको स्टेटमेन्ट भने फरक फरक किसिमले लेखी नयाँ फर्म अपडेट गर्न सक्नेछन्। 

यो प्रणाली समयको हिसाबले अति प्रभावकारी हुने तथा आर्थिक हिसाबले पनि धेरै नै किफायती (cost effective) मात्रै नभई समग्र बाताबरणीय हिसाबले समेत् ईकोफ्रेण्ड्ली (eco-friendly) हुने देखिन्छ। लामो समयको हिसाबले यो प्रणाली निकै भरपर्दो र किफायती हुने देखिन्छ। त्यसकारण नेपाल सरकारले समयमै यो प्रबिधिलाई उपयोग गर्दै समग्र देशकै शैक्षिक प्रणालीलाई एकै सूत्रमा बाँधीहाल्नु पर्ने देखिन्छ।   

“गो टु स्याम्स” को यो ग्रीन प्लेट फर्मले पूर्ब मेची देखि पश्चिम महाकालीका शैक्षिक संस्था तथा बिद्यार्थीहरुलाई मात्रै एकै ठाउँमा नजोडी नेपालको शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयलाई समेत् एउटै प्लेटफार्ममा उभ्याउँदै पूरै देशकै शिक्षा प्रणालीलाई नै एकैठाउँमा उभ्याई एकदमै छिटो, छरितोसंग एउटै गन्तब्यमा पुर्याउने देखिन्छ। त्यतिमात्रै नभई यो प्रणालीले उज्ज्वल भविष्यको कल्पना गर्दै जोश र जाँगरका साथ बिश्वबिद्यालय पढ्न चाहने नयाँ बिद्यार्थीहरुलाई शुरुमै फाराम भर्दैदेखि अनावश्यक रुपले बिद्यार्थी युनियन र अन्य बिचौलियाहरुकोमा धाउनु पर्ने र तिनको चाकडी गर्नुपर्ने बाध्यताको समेत अन्त्य गराउनेछ। 

त्यस्तै यस प्रणालीले बेलायतको होम अफिसमा जस्तै नेपाल सरकारसंग डाटा शेयरिङ् गरेमा सरकारले शैक्षिक बिचौलियाहरुको चहलपहललाई समेत नियन्त्रण या निस्तेज नै पार्न सक्ने देखिन्छ। यसैगरी भबिष्यमा यो प्रणालीले घूस खुवाईखुवाई मेडिकल शिक्षा पढ्न बाध्य नेपाली बिद्यार्थीहरुलाई राहत दिंदै मेडिकल शिक्षा भित्रको शैक्षिक माफिया र अन्य प्राबिधिक शिक्षाको क्षेत्रमा रगरगाउने माफियाहरुको अस्वाभाविक चलखेललाई समेत पारदर्शी ढंगले नियन्त्रण गर्न सजिलो हुनेछ।             

यति कुरा गर्दासम्म पाठकहरुलाई हाम्रो देशले ब्यग्ररुपले खोजीरहेको यस्तो आधुनिक प्रबिधिको प्रणाली (IT System) कसले बनाईदियो होला? भनेर खुल्दुली लागिरहेको होला। तर यस सिस्टमको डेभेलोपर युवाले आफ्नो नाम सार्बजनिक गर्न भने चाहेनन्। आफ्नो नाम नबताउने शर्तमा उनले भने: “मान्छेहरुलाई मेरो कामसंग सरोकार छ, मेरो नामसंग होइन।” कहीं कसैसंग संयोगमा भेट भई कुरा उठेमा उनले नामले नै पक्का चिनजान गर्ने बताए। SLC पछि दुर्गम हिमाली जिल्लादेखि काठमाडौँ सम्म कलेज खोज्दै भर्नाकोलागि धाउँदाखेरिको आपत र आफ्नो तितो अनुभव सुनाउँदै उनले परिबर्तित समय अनुसार आफ्नो ज्ञान र सीप उपयोग गरी “गो-टु-साम्स” जस्तो सूचना प्रबिधिको बिकासले सारा नेपाली जनताहरुलाई सेवा र लाभ पुर्याउन मात्रै पाए पनि आफुलाई स्वर्गै पुगेको जस्तो आनन्द आउने बताए। 

खादा र माला लगाउँदै आफूलाई आफैंले सेल्फी हानेर अरुलाई देखाउने सस्तो लोकप्रियताको जमानामा माथिको उनको भनाई निकै नै ओजस्बी र गहकिलो छ। तर उच्चदक्ष जनशक्तिको क्षेत्रमा उनको यो चामत्कारिक प्राबिधिक योगदानले पक्कै पनि नेपालको शिक्षा प्रणालीलाई कायापलट गर्नेछ भन्ने आशा सर्बत्र गरिएको छ। किनकि कोभिड महाब्याधिको कारण विश्वकै शिक्षा प्रणाली तथा अन्य उद्योग धन्दाहरु देखि सम्पूर्ण अर्थतन्त्र नै अन्लाईनतिर धकेलिई नै रहेको छ। यस्तो बेलामा नेपालको शिक्षा क्षेत्रमा उनले बिकास गरेको एकदमै भरपर्दो र चुस्त सूचना प्रबिधीको प्राणालीले नेपाल जस्तो बिकाशोन्मुख देशको अस्तव्यस्त शैक्षिक प्रणालीलाई ठूलो टेवा मिल्ने देखिन्छ।    

यहाँहरुलाई उनको आधुनिक शैक्षिक प्रणालीले कसरी काम गर्छ त? भन्ने जिज्ञासा होला। उनको त्यो प्रणाली अनुसार, शुरुमा बिद्यार्थीहरुले गो टु साम्सको वेबसाईटमा गएर आफूले चाहेको शैक्षिक संस्थाहरु खोजेर रीत पूर्बक ईलेक्ट्रोनिक फर्म भर्नेछन्। जब आवेदकले आफ्नो पूरै ईलेक्ट्रोनिक फर्म भरिसकेर सबमिटबटन थिच्छन्, तब उतिनै बेला सम्बन्धित शैक्षिक संस्थाबाट अटोमेटिक रुपले/शैक्षिक संस्थाकै मातहतमा कन्फरमेशन पाउनेछन्। यदि फर्म पेण्डिङ्ग भएमा त्यही अनुसारको भाषाको जानकारी म्यासेज आउँछ। त्यसपछि “गो टु साम्स”को नेटवर्कले सम्बन्धित स्कूलहरुलाई फलोअप समेत गरिदिन्छ। यसरी “गो-टु-साम्स”ले एक किसिमले ईलेक्ट्रोनिक सहजकर्ताको भूमिका समेत खेलिदिन्छ जसले गर्दा बिद्यार्थीहरुलाई कुनै बाधा अड्चन र झन्झट बिना नै आफूले चाहेको कलेज या स्कूलहरुमा टाढैबाट आबेदन गर्न र पछ्छ्याउन समेत सहज हुनेछ।

सारांसमा भन्नु पर्दा हाम्रो देश नेपालकोलागि स्कूल एड्मिशन म्यानेजमेन्ट सिस्टमका फाईदाहरु यस्ता छन्: 

१. स्कूल या युनिभर्सिटीका कलेजहरुलाई प्रशासनिक बिद्यार्थी भर्ना (रिक्रुटिङ्ग) को कामकोलागि धेरै कर्मचारीहरुको आबश्यकता नपर्ने। बिद्यार्थीहरुलाई पनि ती शैक्षिक संस्थाहरुमा पैदलै धाएर आबेदन फारम भरिरहने झन्झट नपर्ने। दुवै पक्षको समय र अनावश्यक खर्चहरु जोगिने।    

२. अभिभाबकहरुलाई पनि आफ्ना बच्चाहरुलाई स्कूल भर्ना गर्नकोलागि भन्दै घर र अन्य काम धन्दै छोडेर स्कूलस्कूल चाहारिरहनु नपर्ने।  

३. विद्यार्थीले पनि आफू भर्ना नभए सम्म नै कुनैपनि महँगो यातायात र होटेल खर्च व्यहोर्दै विभिन्न शहरहरुका स्कूल र कलेज धाउनु नपर्ने, दलका नेता या ती दलका झोले बिद्यार्थी युनियनहरुको सोर्सफोर्स नलगाईकन बिना झन्झट नै आफूले चाहेको स्कूलमा सोझै भर्नाकोलागि  बेलैमा आबेदन दिन पाउने र सिधै भर्ना पाउने सम्भाबना रहने। 

४. आजभोली मेडिकल कलेजहरुमा डाक्टर, नर्श, अन्य सेवामूलक, फिजियो थेरापिष्ट, रेडियोग्राफिक्स्, हेल्थ असिस्टेन्ट कोर्षहरु पढ्न या ईञ्जिनियरिङ्ग कलेजहरुमा आबेदन र भर्ना प्रणालीमा अनियमितता भईरहेको अहिलेको सन्दर्भमा यो प्रणालीलाई प्रयोग गरेमा पारदर्शी हुने र सरकारलाई नियन्त्रण गर्न समेत सजिलो हुनेछ।

५. सर्बसुलभ, ईको-फ्रेण्ड्ली तथा कस्ट-ईफेक्टिभ प्रबिधि। 

यस “गो टू साम्स” का सिस्टमको डिभेलपर युवा बिगत एक दशक भन्दा लामो समय देखि बेलायत तथा अन्य देशहरुमा Software Development को अनुभव भएका व्यक्ति हुन्। उनले परिबर्तित समाजलाई टेवा पुग्ने कार्यमा आफ्नो बर्षौं देखिको अनुभवलाई भरमग्दुर प्रयोग गर्ने कोशिश गरेको देखिन्छ। उनले यस कुराकानीको शिलशिलामा हामीलाई एक Video Reaction सम्बन्धि एउटा नयाँ Apps बनाइरहेको डेमो दिए र सरसर्ती बुझ्दा निकै शक्तिशाली Apps लाग्यो। तर हामीलाई उनले त्यस Apps को बारेमा अहिले नै धेरै कुरा नलेख्नकोलागि आग्रह गरे। उनले यस्तै बहुआयामिक प्रबिधी मार्फत नेपालको स्वास्थ्य सेवा प्रणाली सुधार गरी जति सक्दो धेरै स्वास्थ्य सेवाको पहुँच (accessibility) बढाउन सकिने बताए। त्यस्तै कम्पेअरिङ्ग र क्याटलग खुद्रा ब्यापारलाई अनलाइन बिकाश गरी बजार भाऊ नियन्त्रण गर्दै बजार प्रणालीलाई समेत सुधार गर्न सकिने, नेपालको विभिन्न सरकारी तथा गैर सरकारी सेवा र सुबिधाहरुलाई यसै गरी ओन स्टप सेवा उपलब्ध गराई कार्यक्षमता बढाउनुको साथै पारदर्शी तथा ब्यबस्थित गर्न सकिने बताए।

“गो टु साम्स” एक मल्टीडाईनामिक तथा बहु-आयामिक वेबसाईट भएकोले यो साईटमा बिद्यार्थी तथा अभिभाबकहरुले आफूले चाहेको स्कूल तथा कलेज मात्रै खोज्ने नभई यसै साईट मार्फत जागीर समेत् खोज्न सक्ने जनाईएको छ।

https://www.gotosams.com/courses