६८ बर्षे बृद्धको बेदना: श्रीमती र छोरा बुहारी घरमा, आफू बृद्धआश्रममा (भिडियोसहित)

पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना संक्रमणका समयमा पनि बिभिन्न सहयोगी दाताहरुले सहयोग गरिरहेका छन् ।

झण्डै चार महिनाको बन्दाबन्दी र त्यस यताको संक्रमण कालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका संचालक समितीका सदस्य श्रीनाथ आचार्यर्यले जानकारी दिए । “कोरोनाको समयमा जेष्ठ नागरिकलाई जोगाउन झनै कठिन् छ र यसरी यस्तो गार्हो अवस्थामा सहयोग गर्ने सबैलाइ धन्यवाद समेत दिए ।

समाजका विपन्न,असहाय एवम् अशक्त जेष्ठ नागरिकको सहारा बन्ने उदेश्यका साथ २०५३ सालमा स्थापना गरि सञ्चालनमा आएको बृद्धाश्रममा बृद्धवृद्धा र सेवकसेवीका सहित कूल ५५ जना रहेको सञ्चालक समितिका सदस्य आचार्यले जानकारी दिए ।

उनका अनुसार बिहान बेलुकाको दुई छाक खाना तथा चिया र खाजा, सेवकसेवीको तलव तथा अन्य सरसफाई एवम् उपचारमा समेत गरि मासिक एक लाख भन्दा बढी खर्च हुने गरेको छ । बृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक बिभिन्न रोगका औषधि सेवन गर्नुहुन्छ । बन्दाबन्दीका क्रममा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधि उपलव्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिए ।

एघार रोपनी तीन आना जग्गामा सरकारीस्तर, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट पाँच करोड भन्दा बढी रुपैयाको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भई सकेको छ ।

उक्त वृद्धाश्रममा निकै नै दुखि तथा परिवारबाट हेला भएका बृद्धसमेत छन् । उनिहरूको कुरा सुन्दा साच्चिकै मन रूवाउछ।

बाँकि भिडियोमा हेराै