दोषीलाई कानूनी कार्वाही नगरे सडक आन्दोलन : अध्यक्ष लिम्बू (भिडियो)

धरान । छथर गाउँपालिकाका अध्यक्ष सन्तरविर लिम्बूले २२ बर्षीया सोनिहाङ्गमा लिम्बूको रहस्यमय मृत्युको छानविन गरी दोषीलाई कार्वाही नगरे सडक आन्दोलनमा उत्र्ने चेतावनी दिनुभएको छ ।

अध्यक्ष लिम्बूले श्रद्धाञ्जलीसभामा बोल्दै छथरकी चेली सोनिहाङ्गमाको आत्म,,हत्या नभई हत्या भएको हुन सक्ने भएकाले सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्न माग गर्नुभएको हो । उहाँले सोनीको न्यायका लागि सिंगो छथर गाउँपालिका लागि पर्ने उल्लेख गर्दै प्रभाव र दबाबमा घटनालाई सामसुम पार्न खोजिए कडा रुपमा उत्र्ने बताउनुभयो ।

जतिसक्दो चाँडो रिपार्ट सावर्जनिक गरेर पीडित परिवारलाई न्याय दिन पनि उहाँले प्रहरी प्रशासनलाई अनुरोध गर्नुभएको छ । केटा पक्षले सोनीहाङ्माको चरित्र हत्या गर्ने काम गरेको भन्दै आक्रोश पोख्नुभयो ।