पोखरामा प्याराग्लाईडिङमा भारी छुट, नेपालीले पाउन सक्छन् यति धेरै सुबिधा (भिडियो)

सोमबारदेखी पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु हुने भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । कोराना भाईरसको महामारीका कारण मुलुक लकडाउन भएपछि गत चैत्र ११ गते व्यवसायीक उडानहरु बन्द भएको थियो । पछिल्लो समय सरकारले लकडाउन खोलेको र आन्तरिक हवाई उडान समेत सुचारु गर्ने तयारी गरेसंगै पोखरामा पनि प्यालाग्लाईडिङको व्यवसायीक उडान हुन लागेको हो ।
कोरोनाका कारण विगत ६ महिना देखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि सोमबारबाट नेपाल हवाई खेलकुद संस्था (ना) ले तयारी शुरु गरेको हो । नेपाल सरकारले सोमबारदेखी औपचारिक रुपमा अन्तराष्ट्रिय, आन्तरीक तथा लामो दुरीका सवारी समेत संचनलनको तयारी गरेपछि नाले समेत आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यवसायिक उडान शुरु गर्ने तयारी गरेको अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।