मनै रुवाउने सात वर्षिया निष्माको ‘दुखीको दशै’ सार्बजनिक (भिडियो सहित)

स्कटनेपाल । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै कर्ममा सात वर्षिय बालिका निष्मा पोख्रेलले दशै गीत ‘दुखीको दशै’ सार्वजनिक भएको छ ।

यस अघि चाडबाडमा भन्ने गीती एल्वममा आफ्नो स्वर सजाईसकेकी निष्माले लोक गायक तथा हास्यकलाकार उज्जवल गिरी दानविर संगको सहकार्यमा दोस्रो एल्वम सार्वजनिक गरेकी हुन । परदेशीएका नेपाली युवा र उनको परिवारको यर्थाथतालाई समावेस गरि तयार पारिएको उक्त गीतमा निष्मा र उज्जवल गिरीको स्वर रहेको छ । गीतको शब्द सिर्जना उज्जवल गिरीले गरेका हुन भने मदन पोख्रेलको लय र नरेश पाण्डेको एरेन्ज तथा समिश्रण रहेको छ ।

गीतको म्यूजिक भिडियोमा निष्मा आफैले अभिनय पनि गरेकी छिन । उज्जवल गिरी यूटुव च्यानल बाट सार्वजनिक उक्त गितको म्यूजिक भिडियोमा निष्मा संगै सुमी घर्तीमगर, रामु अर्याल, चिरन बराल, कृष्ण थापा, नारायण नेपाल, मधु पन्त, सन्जय सौगात र सुनिल थापा लगायतको अभिनय रहेको छ । उज्जवल गिरीको कन्सेप्टमा तयार भएको उक्त म्यूजिक भिडियोको निर्देशन, छांयाकन, सम्पादन विष्णु भट्टराइले गरेका हुन । सात वर्षिया निष्माकोे केही दिन अघिमात्रै राजन कार्की संगको सहकार्यमा चाडबाडमा’ एल्वम सार्वजनिक भइसकेको छ ।