गीताकी दिदिले लेखिन मार्मिक स्टाटस ! माता का आशु थामिएनन (मन रुवाउने भिडियो सहित)

इटहरी ५ कि गीता भट्टराई झुण्डिएको अवस्थामा मृ,’त फेला परिन् । साहित्यकार समेत रहेकि भट्टराईको मृत्युपछि अहिले सामाजिक सञ्चाल प्रयोगकर्ताले श्रदाञ्जली अर्पण गर्र्दै घटना संकास्पद रहेको र सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । यसैक्रममा इटहरी प्रहरीले भने आँफूहरु अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

गीताकी दिदि राधा सुबेदीले आफ्नो फेसबुक वाल मार्मिक स्टाटस पोखेकी छन् :

यति मायालु भएर पनि निष्ठुरी बनेर गयौ तिमी ??????।

हिजाेकाे पाेष्टमा केही लेख्न सक्ने आँट आएन कान्छी बैनी पर्देशिए पछि तिमी मेरी प्यारी साथी पनि थियौ र बैनी पनि । म भन्दा उमेरले सानु भए पनि कहिलेकाही अभिभावकले जस्तो अर्तिबुद्दी दिन्थ्यौ ठुलाे दाजु बित्नु भए पछि। हाम्रो जन्म दिने बुबा आमाको के हालत भयेको थियो तिमीलाई थाह थियो हाम्राे नातागोता इष्टमित्र सबैले त्यो चाेटलाइ सहेर बल्ल अलि बिर्सने काेशिश गर्दै थियौ फेरि तिमीले हामीलाई रुवाएर गयौ सानी ???।

तिम्रो सानै देखिको इच्छा गायीका बन्ने त्यो पूरा भैसकेको थियो । तिमीले गाएका गित रचियेका कविताहरु सबै सामाजिक सन्जालमा भाइरल हुन्थे हामी सबैलाइ गर्व थियाे तिमी माथि अब तिम्रा यी सबै सामग्री हेरेर कसरी यो मनलाई समालुँ तिम्रा आफन्त प्यारा शुभचिन्तक हामी सबै विक्षिप्त छौं मेरी प्यारी बुनु ???।

तिमीले यस्ताे साेच बनाएकाे मैले पत्तै पाइन मलाई मेसेन्जरमा याे भिडियाे पठाकाे थियौ याे हेरेर पनि मैले अडकल काट्न सक्नु पर्थ्याे नित म अभागि रहेँछु ?? माइत जाँदा फोन गरेर दिदीबहिनि सँगै जान्थ्यौ आमाले हिजो छातीमा मुड्किले हान्दै खै बैनी ल्याकीसधैं सँगसँगै आउथ्यौ त भन्नू भो के भनेर जवाफ दिउँ म आमालाई ????? अब म कतै जाँदा कस्लाइ साथी लिएर जाउँ?

यहाँ हामी तिमी सँगकाे विछाेडले अँध्याराेमा छौं । बैनी तिमी जहाँ रहे पनि तिमी संगीत प्रेमी थियौ यस्तै नयाँ नयाँ सृजना गरेर गाना बजाना गरेर त्यहाँ पनि उज्यालो बनाउनु ल नानी ??? बच्चा देखितिमी सँग ताराबाजि लै लै खेले देखिका र अहिले सम्म काे यात्रा सम्झना आउँछ त्यहि पलहरु लाई केलाउँदै घरी मुर्छित हुँदै घरी बाँच्दैछु अर्को जुनिमा मिल्याे भने फेरि पनि तिम्रो दिदी हुने चाहना छ ।अझै पनि तिमीलाई श्रद्धाञ्जली भन्न मन छैन धेरै मन थामेर लेख्न वाध्य भएँ तिम्राे बैकुण्ठमा बास होस मेरी प्यारी बुनु धेरै धेरै माया छ ल तिमीलाई ❤️❤️ उही तिम्रो ठुली दिदी राधा ?????????।