जनताले नरुचाएका बामदेव राष्ट्रिय सभामा तर जनताले रुचाएका कुलमानको पुन नियुक्ति हुन्छ कि हुदैन ? हेर्नुहोस आज असोज २ गतेका मुख्य समाचारहरु

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेको जानकारी दिएको छ ।

प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै उक्त प्रस्तावमाथि मन्त्रिपरिषदले छिट्टै निर्णय गर्नेमा मन्त्री पुनको सचिवालय आशावादी देखिन्छ । चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको बताएका छन् ।

गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाई गरेको थियो । यो संगै आज असोज २ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :