सहि तरिकाले अनिबार्य रुपमा मास्क लगाएमा कोरोना संक्रमणको रोकथाम गर्न सकिन्छ : डा. रवीन्द्र पाण्डे,

डा. रवीन्द्र पाण्डे,

सहि तरिकाले अनिबार्य रुपमा मास्क लगाएमा कोरोना संक्रमणको रोकथाम गर्न सकिन्छ | मास्क कोरोना नियन्त्रणमा सबैभन्दा प्रभावकारी अस्त्र हो | ९० % जनताले मास्क लगाउने चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटान लगायतका देशमा कोरोना संक्रमण नियन्त्रणमा छ | उनीहरुलाई महामारी तथा खोपको चिन्ता छैन |

कोरोना संक्रमण रोकथामको लागि हाम्रो सानो समुहले आफ्नो खर्चमा सुकुम्बासी बस्तीमा बस्ने नागरिकहरु, भरिया, फोहोर संकलन गर्ने लगायत निम्न आय भएका समुहलाई प्रति परिवार ४ वटाको दरले कपडाको मास्क ( धुन मिल्ने ) वितरण गरिरहेका छौं | यो अभियान निरन्तर जारी रहनेछ |

सम्पूर्ण क्लब, NGO, समाजसेवी, राजनैतिक पार्टीका भात्रृ संगठन, स्थानीय निकाय आदिलाई सहि तरिकाले मास्क लगाउन सिकाउने तथा न्यून आय भएका व्यक्तिलाई मास्क लगायतमा सामग्री आआफ्नो ठाउँमा वितरण गर्नुहुन अनुरोध गर्दछु |

आज बिहान वितरण गरेका स्थान – स्वयम्भु, बालाजु, चमती, शोभाभगवती, डल्लु विष्णुमती किनार, टंकेश्वरी, बल्खुका सुकुम्बासी बस्ती |