लोडसेडिङ अन्त्यदेखि समृद्धिको यात्रासम्म कुलमान घिसिङको योगदान (भिडियो)

काठमाडौं, ३० भदौ । अठार घण्टा लामो लोडसेडिङ अन्त्य गरेर उज्ज्यालो नेपाल निर्माण गर्न सफल भएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएका छन् ।

चरम घाटामा रहेको प्रधिकरणलाई नाफामा लैजान सफल भएका कुलमान जनतालाई उज्यालो दिन सफल भएका थिए । दुई दशक अघि प्रधिकरणमा सातौं तहमा इन्जिनियरको सामान्य जागिर जीवन शुरु गरेका कुलमानले प्राधिकरणको नेतृत्वमा पुगे लगत्तै देशलाई लोडसेडिङबाट मुक्त गर्न सफल भए ।

२०७३ भदौ २९ गतेबाट प्राधिकरणको नेतृत्व गरेका कुलमानले पहिलो बर्षमै लक्ष्मीपुजाको दिन झलमल्ल पारेर लोडसेडिङको अन्त्य गरे । लक्ष्मीपुजाको साँझ सबै भन्दा बढी बिद्युत खपत हुने मानिन्छ ।

लक्ष्मीपुजाकै दिनबाट प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गर्यो । प्राधिकरणको नेतृत्व सम्हालेकै बर्ष उनले प्रािधकरणलाई १ अर्व ४७ करोड नाफा गर्न सफल बनाए ।

३४ अर्व ६१ करोड रुपैया नोक्सानीमा रहेका प्राधिकरणलाई कुलमानले बिदा हुनु भन्दा अघि ११ अर्व ५ करोड नाफा आर्जन गर्न सफल भए ।

सरकारको पूर्ण स्वामित्वमा रहेका प्राधिकरणका कर्मचारीलाई तलव खान समेत सरकारको मुख ताक्नु पर्ने अवस्था थियो । तर उनले प्राधिकरणको समृद्धि संगै नेपालको समृद्धिलाइए पनि टेवा पुर्याए ।

कुलमान नेतृत्वले ग्राहकको घरायसी प्रयोजनमा स्मार्ट मिटर जडान गर्न सफल भएको छ । काठमाडौ उपत्यकामा जमिन मुनि बिद्युतको लाइन बिस्तार निर्माण कार्य भएको छ ।

प्राधिकरणले नेपाल भारत बंगलादेश अन्तर देशिय बिद्युत ब्यापार सम्झौता गरेको छ । नेपालमा बढी भएको बिद्युली बंगलादेशलाई बिक्री गर्न सकियो भने नेपालले बिद्युतबाट राम्रो आर्जन गर्न सक्छ । बंगलादेशमा बिद्युतको अत्यधिक माग रहेको छ ।

औधोगिक क्षेत्रमा बिद्युत आपूर्ति पर्याप्त हुन नसक्दा उद्योग धन्दा कलकारखाना पूर्ण क्षभतामा सञ्चालन हुन सकेको थिएन । प्राधिकरणले उद्योग धन्दा कलकारखनाालाई पन माग अनुसारको बिद्युत उपलब्ध गराउन सक्ने हैसियतमा पुग्यो ।

लामो समय देखि रुग्ण रहेको माथिल्लो त्रिशुली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरु सम्पन्न भए । त्यसैगरी नेपालको जलबिद्युत क्षेत्रमा महत्वपुर्ण आयोजना मानिएको दुधकोशी ६३५ मेगावाट, माथिल्लो अरुण १०६० मेगावट र तामाकोशी ५९९ मेगावाट जस्ता जलबिद्युत आयोजनाहरुको लागि बित्तिय स्रोत जुटाउने काम भएका छन् ।

त्यसैगरी कूलमानको कार्यकालमा देश भित्र पर्याप्त बिद्युत उत्पादन भए पछि नेपालले बगलादेशसंग पनि बिद्युत ब्यापार सम्झौता गरेको छ । प्रािधकरणले अन्तरदेशिय प्रशारण लाइनको क्षमता अभिबृद्धि गरेको छ ।

नेपाल भारत दोस्रो अन्तरदेशिय प्रशारण लाइन न्यू बुटवल गोरखपुरको लागि लगानी ढाँचा तयार भएको छ । बिद्युत चुहावट कारण बषौदेखि घाटामा रहेको प्राधिकरणले बिद्युत चुहावटलाई घटाउन महत्वपुर्ण कार्य गरेको छ ।

देशभरका करिव ८६ प्रतिशत जनताले ग्रीडको विद्युतमा पहुँच पाएका छन भने अफ ग्रीड सहित करिब ९० प्रतिशतजनताले विद्युत उर्जामा पहुँच प्राप्त गरेका कुलमानले आफनो बिदाई बक्तब्यमा उल्लेख गरेका छन् ।

४ बर्षे कार्यकाल पुरा गरेका कुलमानले नेपाली जनताको माया र सद्भावप्रति नमन गदै देशको समृद्धिको यात्रामा आफनो जीवन सर्मपित रहने प्रतिबद्धता गरेका छन् ।
news24nepal